३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन

जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन
अ+ अ-

काठमाडौं । बैतडीमा निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका-८ सिद्धेस्वर स्वास्थ्य चौकीको भवनमा निर्माण गरिएको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको हो ।

दुर्घटना र विपद्का घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको ट्रमा सञ्चालनमा ढिलाइ हुँदा दुर्घटनामा तत्काल उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपर्ने समस्या रहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो ।

“बैतडीको खोडपे आसपासका क्षेत्रलाई सवारी दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ । ट्रमा सेन्टर सञ्चालनमा आउन नसक्दा विपद् र दुर्घटनामा घाइते भएकाको उपचारमा समस्या भइरहेको छ”, सिँगास गाउँपालिका-१ का जगदीश ऐरले भन्नुभयो, “उपचारका लागि डडेल्धुरा अस्पताल पठाउनुपर्ने भएकाले घाइतेको ज्यानै जोखिममा पर्ने गरेको छ ।”

नगरपालिकाको रु १० लाख र सङ्घीय सरकारको रु ५० लाख लागतमा ट्रमा सेन्टरका लागि भवन निर्माण गरिएको थियो । भवन र केही उपकरण उपलब्ध भएपनि आवश्यक थप उपकरण र जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिनुभयो ।

“भवनसँगै स्पाइनल ब्याकबोर्ड, एइडी उपकरण, अक्सिजन कन्सन्ट्रेटर, प्यासेन्ट मोनिटर, थप १५ शय्यालगायत सामग्री राखिएको छ । अन्य थप उपकरण र जनशक्तिको व्यवस्थापन भने हुन सकेको छैन”, महराले भन्नुभयो, “एक्सरे मेसिन, अर्थोपेडिक चिकित्सक, रेडियोग्राफर, स्टाफनर्स र हेल्थ असिस्टेन्टको व्यवस्था भए यो सेन्टर तत्काल सञ्चालन गर्न सकिन्छ ।”

आर्थिक वर्ष २०७७÷७८ मा भवन निर्माण सम्पन्न भएको थियो । तत्काल आवश्यक उपकरण व्यवस्थापन गरी ट्रमा सेन्टर सञ्चालनको माग गर्दै प्रदेश र सङ्घीय सरकारलाई पटकपटक जानकारी गराउँदै आए पनि हालसम्म कुनै सुनुवाई नभएको पाटन-८ का वडाध्यक्ष हरिश विष्टले बताउनुभयो ।

“गत चैत २२ गते नगरपालिकाले ट्रमा सेन्टर सञ्चालनका लागि तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई उपकरण र जनशक्ति व्यवस्थापनको माग गर्दै पत्र पठाएको थियो”, वडाध्यक्ष विष्ट भन्नुभयो, “अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।”

दशरथचन्द राजमार्ग, महाकाली र जयपृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन खोडपे भएर गुड्ने जनाउँदै उहाँले यो क्षेत्र जोखिमपूर्ण मानिएकाले यहाँ बर्सेनि सवारीसाधन दुर्घटना हुने तथा समयमा उपचार सेवा नपाउँदा घाइतेले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

तीन वर्षमा ४७ जनाको सवारी दुर्घटनामा मृत्यु

तीन वर्षमा जिल्लामा ३४ वटा सवारी दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गएको तीन वर्षमा भएका सवारी दुर्घटनामा परेर १२६ जना घाइते भएका छन् ।

पछिल्लो तीन वर्षको तथ्याङ्क विश्लेषण गर्दा हरेक वर्ष सवारी दुर्घटना बढ्दै गएको बताउँदै दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०८०/८१ मा आठ वटा सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको थियो भने ४२ जना घाइते भएका थिए । आव २०८१/८२ मा १० वटा सवारी दुर्घटनामा ११ जना र आव २०८२/८३ को हालसम्म १६ वटा सवारी दुर्घटना भइसकेका छन् भने २९ जनाको मृत्यु भएको प्रहरी निरीक्षक तिमिल्सेनाले जानकारी दिनुभयो ।

त्यस्तै चालु आवको हालसम्मका सवारी दुर्घटनामा ३४ पुरुष र २५ महिला गरी ५९ जना घाइते भएका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । गएको शुक्रबार मात्रै पाटन नगरपालिका-८ गैराखानमा भएको बस दुर्घटनामा २४ जना घाइते भएका थिए । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।