९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड
अ अ+ अ-

काठमाडौं । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र परिस्थितिमा आएको परिवर्तनसँगै सञ्चारसम्बन्धी विद्यमान कानुनहरूको पुनरावलोकन गर्न जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घले बागमती प्रदेश रजिष्ट्रार कार्यालयको सहकार्यमा आज आयोजना गरेको छलफलमा महासङ्घका अध्यक्ष निर्मला शर्माले विद्यमान कानुनमा गरिनुपर्ने संशोधनलगायत आफूहरूले उठाएका सवालमा नेपाल सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले संविधानमा व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रतामा कतैबाट हनन् हुन नहुने र पत्रकारहरू जिम्मेवार पनि हुनुपर्ने बताउनुभयो । महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले आमसञ्चार नीति, २०७३ लाई समेत डिजिटल रूपान्तरणका आधारमा परिवर्तन गर्दै कानुनी संशोधनमा जानुपर्ने बताउनुभयो ।

उहाँले आफूहरुले मन्त्रालयको आग्रहमा आमसञ्चार विधेयकको मस्यौदा तर्जुमा गरेर २०७५ सालमै बुझाएको भए पनि हालसम्म संसद्मा पेस नभएको गुनासो गर्नुभयो । उहाँले संसद्मा पुगिसकेको ‘नेपाल मिडिया काउन्सिल विधेयक’का कतिपय प्रस्तावहरूले काउन्सिललाई स्वायत्त नबनाउने भएकाले त्यसमा आवश्यक परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

सञ्चार अध्येता विनोद ढुङ्गेलले सूचना, प्रविधि र परिस्थितिमा आएको परिवर्तनसँगै सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न ढिला भइसकेको बताउनुभयो । उहाँले दर्ता भएकामध्ये १६ प्रतिशत पत्रपत्रिका मात्रै नियमित प्रकाशन भइरहेको अवस्थामा कानुनी व्यवस्था त्यहीअनुसारको हुनुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटाले संविधानमा भएको प्रदेशको सञ्चारसम्बन्धी अधिकारलाई व्यवहारतः कार्यान्वयन गर्न चुनौती देखिएका सम्बन्धमा सङ्घीय सरकारले मनन् गर्नुपर्ने बताउनुभयो । महासङ्घको राष्ट्रिय सम्मेलनको सञ्चार तथा सूचनामन्त्री डा विक्रम तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो ।