५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ News Polar नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत News Polar परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे

अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे
अ+ अ-

काठमाडाैँ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभाको अर्थसमितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उहाँले अर्थतन्त्रलाई सुधार गर्न मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताउनुभएको हो ।

उहाँले हाल न्युन ब्याजदरका बाबजुद पनि निजी क्षेत्रबाट कर्जाको माग बढ्न बताउनु भयो । नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा अर्थतन्त्रलाई चलायमान बनाउन केही नीतिगत लचकता र सुधारका प्रयास गरेका कारण हाल नीतिगत दर र ब्याजदर न्युन स्तरमा पुगेको उहाँको भनाई छ । तर कर्जा माग अत्यन्त कमजोर रहेकाले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा लगानीयोग्य रकम निष्क्रिय रहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार गत आर्थिक वर्षको तुलनामा हाल निजी क्षेत्रतर्फको कर्जा प्रवाह निक्षेप वृद्धि निकै पछाडि परेको छ ।

बजारमा माग संकुचित भएकै कारण उद्योग–व्यवसाय पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उहाँको भनाई छ । उद्योगहरुले नयाँ कर्मचारी भर्ना, प्रविधिमा लगानी तथा व्यवसाय विस्तार गर्न समेत नसकेको उहाँले बताउनु भयो । उहाँले निजी क्षेत्रले लगानीमैत्री वातावरणका लागि नीतिगत स्थिरता, स्पष्टता र पूर्वानुमानयोग्य नीति माग गर्दै आएपनि पछिल्लो एक वर्षमा सरकार तथा नियामक निकायबाट आएका अनपेक्षित नीतिगत परिवर्तनले लगानीकर्ताको मनोबल कमजोर बनाएको बताउनु भयो ।

राज्यप्रति निजी क्षेत्रको विश्वास नभएको कारण पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेको उहाँको भनाई छ । वाह्य क्षेत्रका अधिकांश आर्थिक सूचकहरू निरन्तर सुधारोन्मुख रहेको भएपनि आन्तरिक आर्थिक गतिविधि लामो समयदेखि सुस्त रहनु मुलुकको विकास लागी चुनौतीपूर्ण रहेको उहाँको चेतावनी दिनुभयो ।

उहाँले हाल स्थायी सरकार बनेकोले निजी क्षेत्रमैत्री, लगानीयोग्य वातावरण निर्माण गरी रोजगारी सिर्जना गर्ने तथा राजश्व वृद्धि गर्नतिर लाग्न सरकारलाई आग्रह गर्नुभयो । सोहीअनुसार राष्ट्र बैकले पनि मौद्रिक नीति ल्याउनुपर्ने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल