१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

जनसंख्याका आधारमा नभै समानुपातिक तथा समावेशी सिद्धान्तका आधारमा प्रतिधित्व हुनु पर्छ: काग्रेस नेता सत्तार

जनसंख्याका आधारमा नभै समानुपातिक तथा समावेशी सिद्धान्तका आधारमा प्रतिधित्व हुनु पर्छ: काग्रेस नेता सत्तार
अ अ+ अ-

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले जनसंख्याका आधारमा नभै समानुपातिक तथा समावेशी सिद्धान्तका आधारमा सबै क्षेत्रमा प्रतिनिधित्व हुनु पर्ने माग गर्नुभएको छ ।

नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशको दोस्रो प्रदेशस्तरीय मुस्लिम भेला तथा सम्मान कार्यक्रमलाई सनिबार पोखरामा सम्बोधन गर्दे नेता सत्तारले यस्तो माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘जनसंख्यालाई आधार बनाउदा सात मध्ये ५ प्रदेश र राष्ट्रिय शभा मुस्लिम समुदाय बिहिन बनेको छ । यो बिभेद स्वीकार्य छैन ।’

उहाँले भन्नुभयो ‘-राजनीतिक रुपमा पनि प्रतिनिधित्व हुन सकेन भने कानूनको अभाबका प्रशासनिक रुपमा पनि मुस्लिम समुदाय अबसर बाट बञ्चित भएको छ । स‌बिधानले तोकेको क्लष्टरका आधारमा लोक सेबा आयोगको बिज्ञापनमा सहभागी हुन पाउनु पर्ने माग गर्दे उहाँले कानून अभाबको आधार देखाउदै आज पनि बिभेद भएको जनाउनु भयो ।

उहाँले भन्नुभयो ‘लोकेसेवा आयोगले मागेको बिज्ञापनमा आवेदन गर्न पनि कठिनाई उत्पन्न भएको छ ।’ उहाँले भन्नुभयो -स‌बिधानमा मुस्लिम समुदाय शब्द राख्न नै सर्घष गर्नुपर्‍यो,  तर ऐन – कानूनको अभाब देखाउदै बिभिन्न अबसरबाट बञ्चित गर्ने कुरा स्वीकार्य छैन ।

नेता सत्तारले भन्नुभयो आगामी महासमितिको बैठकबाट बिधान शंशोधन हुदा यस्ता कुरामा ध्यान दिनु पर्दछ । मुस्लिम बिनाको स‍बिधान र का‌ग्रेस पूर्ण हुन सक्दैन । पार्टीका हरेक तहमा कम्तिमा पनि एक जनाको प्रतिनिधित्व हुनु पर्ने उल्लेख गरेपनि कार्यन्वयन नभएको भन्दै उहाँले महासमितिको बैठक बाट यो बिषयलाई प्रष्ट पार्नुपर्ने माग गर्नुभयो ।

नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशका अध्यक्ष हाजशाह महम्मदको अध्यक्षातामा भएको उक्त भेलामा विसं २०७९ को एसइईमा उत्कृष्ट अङ्क ल्याउने मुस्लिम समुदायका छात्रछात्रा र समितिमा योगदान पुर्‍याउने सदस्यलाई सम्मान गरिएको थियो ।