• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

जनसंख्याका आधारमा नभै समानुपातिक तथा समावेशी सिद्धान्तका आधारमा प्रतिधित्व हुनु पर्छ: काग्रेस नेता सत्तार



पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले जनसंख्याका आधारमा नभै समानुपातिक तथा समावेशी सिद्धान्तका आधारमा सबै क्षेत्रमा प्रतिनिधित्व हुनु पर्ने माग गर्नुभएको छ ।

नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशको दोस्रो प्रदेशस्तरीय मुस्लिम भेला तथा सम्मान कार्यक्रमलाई सनिबार पोखरामा सम्बोधन गर्दे नेता सत्तारले यस्तो माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘जनसंख्यालाई आधार बनाउदा सात मध्ये ५ प्रदेश र राष्ट्रिय शभा मुस्लिम समुदाय बिहिन बनेको छ । यो बिभेद स्वीकार्य छैन ।’

उहाँले भन्नुभयो ‘-राजनीतिक रुपमा पनि प्रतिनिधित्व हुन सकेन भने कानूनको अभाबका प्रशासनिक रुपमा पनि मुस्लिम समुदाय अबसर बाट बञ्चित भएको छ । स‌बिधानले तोकेको क्लष्टरका आधारमा लोक सेबा आयोगको बिज्ञापनमा सहभागी हुन पाउनु पर्ने माग गर्दे उहाँले कानून अभाबको आधार देखाउदै आज पनि बिभेद भएको जनाउनु भयो ।

उहाँले भन्नुभयो ‘लोकेसेवा आयोगले मागेको बिज्ञापनमा आवेदन गर्न पनि कठिनाई उत्पन्न भएको छ ।’ उहाँले भन्नुभयो -स‌बिधानमा मुस्लिम समुदाय शब्द राख्न नै सर्घष गर्नुपर्‍यो,  तर ऐन – कानूनको अभाब देखाउदै बिभिन्न अबसरबाट बञ्चित गर्ने कुरा स्वीकार्य छैन ।

नेता सत्तारले भन्नुभयो आगामी महासमितिको बैठकबाट बिधान शंशोधन हुदा यस्ता कुरामा ध्यान दिनु पर्दछ । मुस्लिम बिनाको स‍बिधान र का‌ग्रेस पूर्ण हुन सक्दैन । पार्टीका हरेक तहमा कम्तिमा पनि एक जनाको प्रतिनिधित्व हुनु पर्ने उल्लेख गरेपनि कार्यन्वयन नभएको भन्दै उहाँले महासमितिको बैठक बाट यो बिषयलाई प्रष्ट पार्नुपर्ने माग गर्नुभयो ।

नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशका अध्यक्ष हाजशाह महम्मदको अध्यक्षातामा भएको उक्त भेलामा विसं २०७९ को एसइईमा उत्कृष्ट अङ्क ल्याउने मुस्लिम समुदायका छात्रछात्रा र समितिमा योगदान पुर्‍याउने सदस्यलाई सम्मान गरिएको थियो ।