१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमु ल्होसारको अवसरमा पूर्व राष्ट्रपतिको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमु ल्होसारको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले समृद्ध संस्कृतिका धनी गुरुङ समुदायद्वारा नयाँ वर्षको रूपमा मनाइने तमु ल्होसार पर्वले नेपालको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण र संवर्द्धनमा महत्वपूर्ण योगदान गरेको जनाउनु भएको छ ।

यस प्रकारका चाडपर्वका माध्यमबाट विविध जातजाति, भाषाभाषी र संस्कृति अँगालेका नेपालीहरूका बीचमा आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ गर्न समेत मद्दत पुग्ने उहाँले जनाउनु भएको छ ।