१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमु ल्होसारको अवसरमा पूर्व राष्ट्रपतिको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमु ल्होसारको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले समृद्ध संस्कृतिका धनी गुरुङ समुदायद्वारा नयाँ वर्षको रूपमा मनाइने तमु ल्होसार पर्वले नेपालको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण र संवर्द्धनमा महत्वपूर्ण योगदान गरेको जनाउनु भएको छ ।

यस प्रकारका चाडपर्वका माध्यमबाट विविध जातजाति, भाषाभाषी र संस्कृति अँगालेका नेपालीहरूका बीचमा आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ गर्न समेत मद्दत पुग्ने उहाँले जनाउनु भएको छ ।