• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन गर्न संसदीय समिति भोलि बन्ने, सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने… ★   कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइँदै ★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन्

दोषी ठहर भएका सन्दीप राष्ट्रिय क्रिकेट टीमबाट ‘स्वत: अलग’



file photo: can

काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछाने राष्ट्रिय टोलीबाट स्वत: अलग भएका छन् । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर्‍याएपछि उनी राष्ट्रिय टीमबाट स्वत: अलग भएका हुन् ।

अदालतले शुक्रबार सन्दीपमाथिको मुद्दामा दोषी ठहर गरेको थियो । यद्यपि उनको सजाय निर्धारण भने भइसकेको छैन । यही पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ । सन्दीपले भने जिल्लाको फैसलाविरुद्ध थुनाबाहिर रहेरै पुनरावेदन गर्न सक्नेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार जेल नपरे पनि सन्दीपले नैतिक र कानूनीरुपमा राष्ट्रिय टीमबाट खेल्न मिल्दैन । तर कानूनमा गम्भीर अभियोग प्रमाणित भएका खेलाडीले राष्ट्रिय टीमबाट खेल्न पाउने वा नपाउनेबारे स्पष्ट व्यवस्था गरिएको छैन ।

सन्दीपले शनिबार वीरगञ्जमा भएको प्रो क्लब च्याम्पियनसीपको फाइनलबाट आफूलाई अलग गरेका थिए । उक्त प्रतियोगितामा पर्साको नेतृत्व गरेका सन्दीपले टीमलाई फाइनलमा पुर्‍याए पनि अन्तिम खेलमा उनी अनुपस्थित भएपछि पर्साले हार बेहोरेको थियो ।