११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित

ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल

ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केपी ओलीलाई मुलुकलाई समृद्ध बनाउने सामथ्र्य भएको नेताको रुपमा चित्रण गर्नुभएको छ ।

ओलीले सरकारको नेतृत्व लिँदा देश बनाउन देखाएको सपना र त्यसलाई कार्यान्वयनमा लैजानका लागि बनाएको योजनाले ओली मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सबैभन्दा बढी सामथ्र्य भएको नेताको रुपमा देखिएको पुष्टि भएको महासचिव पोखरेलले दाबी गर्नुभयो ।

पार्टी निकट पेशागत महासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ओली नेपाली समाजलाई बुझेको, विकास र समृद्धिका बारेमा सपना देख्ने, योजना बनाउने, कार्यान्वयनका लागि हुटहुटी गर्ने एउटा सामथ्र्य देखाएको नेता हो भनेर नबुझनेहरुले देश बनाउने र सुशासनका कुरा गर्नुको अर्थ नभएको पनि जिकिर गर्नुभयो ।

उहाँले मुलुकलाई विकास, समृद्धि र सुशासनको बाटोमा अघि बढाउनका लागि बलियो राजनीतिक दल बनाउने कुरालाई संकल्पको रुपमा अघि बढाउनुपर्ने दोहो¥याउनु भयो । महासचिव पोखरेलले सबै राजनीतिक दलहरु उस्तै हुन् भन्नु मुलुकलाई निराशाका खाडलमा जाक्नु रहेको उल्लेख गर्दै जनतामा आशा भर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश बनाउने हो भने बलियो दल निर्माण गर्नै पर्दछ । त्यो नयाँ नयाँ विकल्प खोज्दै हिँड्ने कुराबाट देशले समृद्धि हासिल गर्न सक्दैन । अब मैले तपाईहरुसँग यति भन्न चाहन्छु–नेपालमा भएको राजनीतिक दलहरु मध्ये नेपाली समाजलाई बुझेको, विकास र समृद्धिका बारेमा सपना देख्ने, योजना बनाउने, कार्यान्वयनका लागि हुटहुटी गर्ने एउटा सामथ्र्य देखाएको नेता त केपी ओली नै होला नि त । यति पनि भन्न सक्दैनौ भने हामीले देश बनाउने कुरा, सुशासनका कुरा गर्नुके के अर्थ छ र ? र केपी ओलीले शासन गर्दाखेरी मुलुकमा स्वाधिनता, स्वाभिमान, राष्ट्रिय हित पनि उचो भएको थियो । भारतजस्तो छिमेकीले नेपालले अडान लिँदाखेरी नाकाबन्दी फिर्ता लिन बाध्य भएको थियो । थिएन र ? भारतसँग नसुल्झिएका थुप्रै प्रश्नहरु केपी ओली प्रधानमन्त्री भएका बेला सुल्झिएका थिए ।

आज कुनै प्रश्नहरु सुल्झिदैनन् । किनकी त्यस प्रकारको बलिया नेतृत्व नेपालले दिन सकेको छैन । कुरा त त्यही हो नि । विकास र समृद्धिको कुरा गर्दाखेरी अलि ठूल्ठूला आयोजनाहरुको कुरा गर्दाखेरी मजाकको विषय बनाइयो । रेलको कुरा, पानी जहाजको कुरा, पाईपलाईनको कुरा आदिइत्यादि गर्दाखेरी ठट्टा मजाकको विषय बन्यो ने्पाली समाजमा । आज ती रणनीतिक योजना जो आएपनि त्यही रणनीतिक योजना प्रस्तुत गर्नुपर्ने बाध्यता खडा भएको छ । भिजन भनेको त्यही हो नि । अव रेल चाहिँदैन कसैले भन्न सक्छ ? वल्ड बैंकले गंगा रिभर बेसिनमा जल यातायातको अध्ययन गरेर इलाहावादसम्म जल यातायात शुरु गर्न थालिसक्यो । त्यही रिभरलाई प्रयोग गरेर हामीले हाम्रो ठाउँमा पानी जहाज ल्याउँछौं भन्न नपाउने ? अर्थात सडक यातायात भन्दा जल यातायात धेरै गुणा सस्तो हुन्छ ।

सत्य त यही हो नि । र रेल यातायातबाट समान सस्तो ढुवानी हुँदो रहेछ भन्ने कुरा आज युरोपमा चिनियाँ रेलले सस्तोमा सामान पु¥याउन थालिसक्यो त । त्यस अर्थमा हामीले सबै उस्तै हुन भनेर भन्नु भनेको के हो त भन्दा मुलुकलाई निराशाको गर्तमा हालिदिने हो । मुलुकलाई आशा जगाउने खालको कुरा गर्न जरुरी छ ।’

महासचिव पोखरेलले संघीयता अनुकुलको कर्मचारीतन्त्र नहुँदा पनि मुलुकलाई अघि बढाउन कठिन भएको तर्क पनि गर्नुभयो ।