• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल



काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केपी ओलीलाई मुलुकलाई समृद्ध बनाउने सामथ्र्य भएको नेताको रुपमा चित्रण गर्नुभएको छ ।

ओलीले सरकारको नेतृत्व लिँदा देश बनाउन देखाएको सपना र त्यसलाई कार्यान्वयनमा लैजानका लागि बनाएको योजनाले ओली मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सबैभन्दा बढी सामथ्र्य भएको नेताको रुपमा देखिएको पुष्टि भएको महासचिव पोखरेलले दाबी गर्नुभयो ।

पार्टी निकट पेशागत महासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ओली नेपाली समाजलाई बुझेको, विकास र समृद्धिका बारेमा सपना देख्ने, योजना बनाउने, कार्यान्वयनका लागि हुटहुटी गर्ने एउटा सामथ्र्य देखाएको नेता हो भनेर नबुझनेहरुले देश बनाउने र सुशासनका कुरा गर्नुको अर्थ नभएको पनि जिकिर गर्नुभयो ।

उहाँले मुलुकलाई विकास, समृद्धि र सुशासनको बाटोमा अघि बढाउनका लागि बलियो राजनीतिक दल बनाउने कुरालाई संकल्पको रुपमा अघि बढाउनुपर्ने दोहो¥याउनु भयो । महासचिव पोखरेलले सबै राजनीतिक दलहरु उस्तै हुन् भन्नु मुलुकलाई निराशाका खाडलमा जाक्नु रहेको उल्लेख गर्दै जनतामा आशा भर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश बनाउने हो भने बलियो दल निर्माण गर्नै पर्दछ । त्यो नयाँ नयाँ विकल्प खोज्दै हिँड्ने कुराबाट देशले समृद्धि हासिल गर्न सक्दैन । अब मैले तपाईहरुसँग यति भन्न चाहन्छु–नेपालमा भएको राजनीतिक दलहरु मध्ये नेपाली समाजलाई बुझेको, विकास र समृद्धिका बारेमा सपना देख्ने, योजना बनाउने, कार्यान्वयनका लागि हुटहुटी गर्ने एउटा सामथ्र्य देखाएको नेता त केपी ओली नै होला नि त । यति पनि भन्न सक्दैनौ भने हामीले देश बनाउने कुरा, सुशासनका कुरा गर्नुके के अर्थ छ र ? र केपी ओलीले शासन गर्दाखेरी मुलुकमा स्वाधिनता, स्वाभिमान, राष्ट्रिय हित पनि उचो भएको थियो । भारतजस्तो छिमेकीले नेपालले अडान लिँदाखेरी नाकाबन्दी फिर्ता लिन बाध्य भएको थियो । थिएन र ? भारतसँग नसुल्झिएका थुप्रै प्रश्नहरु केपी ओली प्रधानमन्त्री भएका बेला सुल्झिएका थिए ।

आज कुनै प्रश्नहरु सुल्झिदैनन् । किनकी त्यस प्रकारको बलिया नेतृत्व नेपालले दिन सकेको छैन । कुरा त त्यही हो नि । विकास र समृद्धिको कुरा गर्दाखेरी अलि ठूल्ठूला आयोजनाहरुको कुरा गर्दाखेरी मजाकको विषय बनाइयो । रेलको कुरा, पानी जहाजको कुरा, पाईपलाईनको कुरा आदिइत्यादि गर्दाखेरी ठट्टा मजाकको विषय बन्यो ने्पाली समाजमा । आज ती रणनीतिक योजना जो आएपनि त्यही रणनीतिक योजना प्रस्तुत गर्नुपर्ने बाध्यता खडा भएको छ । भिजन भनेको त्यही हो नि । अव रेल चाहिँदैन कसैले भन्न सक्छ ? वल्ड बैंकले गंगा रिभर बेसिनमा जल यातायातको अध्ययन गरेर इलाहावादसम्म जल यातायात शुरु गर्न थालिसक्यो । त्यही रिभरलाई प्रयोग गरेर हामीले हाम्रो ठाउँमा पानी जहाज ल्याउँछौं भन्न नपाउने ? अर्थात सडक यातायात भन्दा जल यातायात धेरै गुणा सस्तो हुन्छ ।

सत्य त यही हो नि । र रेल यातायातबाट समान सस्तो ढुवानी हुँदो रहेछ भन्ने कुरा आज युरोपमा चिनियाँ रेलले सस्तोमा सामान पु¥याउन थालिसक्यो त । त्यस अर्थमा हामीले सबै उस्तै हुन भनेर भन्नु भनेको के हो त भन्दा मुलुकलाई निराशाको गर्तमा हालिदिने हो । मुलुकलाई आशा जगाउने खालको कुरा गर्न जरुरी छ ।’

महासचिव पोखरेलले संघीयता अनुकुलको कर्मचारीतन्त्र नहुँदा पनि मुलुकलाई अघि बढाउन कठिन भएको तर्क पनि गर्नुभयो ।