४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन्

शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन्
अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्स अब आईपीएलमा तेस्रो धेरै उपाधि जित्ने टोली बनेको छ । आईपीएल २०२४ को फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै केकेआरले तेस्रो पटक च्याम्पियन बन्ने उपलब्धि हासिल गरेको छ ।

शाहरुख खानले कोलकाताको यो ऐतिहासिक जित आफ्नी श्रीमती गौरी खान, छोरा र छोरी सुहाना खानसँग मनाएका छन् । खासगरी सुहाना खानको कुरा गर्ने हो भने कोलकाताको च्याम्पियन बनेपछि उनले बुबा शाहरुखलाई अँगालो हालिन् । उनको आँखाबाट आँसु पनि निस्किएको देखियो ।

केकेआर सन् २०१२ मा पहिलो पटक च्याम्पियन बन्दा सुहाना भर्खरै बच्चा थिइन् भने अब १२ वर्षपछि सुहानाको लुक्समा अचम्मको परिवर्तन आएको छ ।

सुहाना खानको जन्म २२ मे २००० मा मुम्बईमा भएको थियो । कोलकाता नाइट राइडर्सले आईपीएल २०१२ को फाइनलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएर पहिलो पटक आईपीएल ट्रफी जितेको थियो । त्यतिबेला सुहाना १२ वर्षकी मात्र थिइन् ।

उनको पुरानो तस्बिर सामाजिक सञ्जालमा निकै शेयर भइरहेको छ । यसैबीच, २०१४ मा कोलकाता च्याम्पियन बने पनि केकेआरले पहिलो ट्रफी जितेको १२ वर्ष बितिसकेको छ । यसको मतलब सुहानाको लुक्समा धेरै परिवर्तन आएको छ ।