१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै याममा तीन पटक सगरमाथा आरोहण गरेकी पूर्णिमालाई काठमाडौँमा स्वागत



Photo:RSS
अ+ अ-

काठमाडौँ । एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही तथा सञ्चारकर्मी पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ ।

सोमबार लुक्लाबाट काठमाडौँ आएकी कीर्तिमानी श्रेष्ठलाई  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा  स्वागत तथा बधाईज्ञापन गरिएको हो ।

पूर्णिमाले यो सिजनमा तीन पटक र सन् २०१८ मा एक पटक गरी चार पटक सगरमाथाको आरोहण गरेकी छिन् । यो याममा उनले मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक र मे २५ शनिबार बिहान तेस्रो पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर कीर्तिमान बनाएकी हुन् ।

विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी पूर्णिमाले गत वर्ष पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।