२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले केन्द्रीय कमिटीको सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको महाधिवेशन दस्तावेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेज थप छलफलका लागि मातहतका कमिटीमा पठाउन निर्णय गरेको पार्टी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । परिमार्जन गरिएका ती दस्तावेज भोलि मातहतका कमिटीमा पठाइने छ ।

बैठकले मुस्ताङ जिल्ला कमिटी इन्चार्ज कृष्ण नेपाली र स्याङ्जाको इन्चार्ज अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ । संंसद्को गतिरोध अन्त्य गर्न अध्यक्ष नेपाल नेतृत्वको टोलीले विभिन्न दलसँग गरेका संवादबारे छलफल भएको बैठकमा आगामी सचिवालय बैठकबाट प्रतिनिधि छनौट गर्ने निर्णय भएको छ ।

‘अर्बान एन्ड रूरल डेपलभमेन्ट’, ‘पोलिसी’, ‘प्लानिङ’, अनुभव आदानप्रदान कार्यक्रममा पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कूल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा सातजनाको टोली चीन भ्रमणमा पठाउने निर्णय बैठकले गरेको छ । उक्त बैठक यही जेठ १६ गतेदेखि पाँच दिनसम्म चल्नेछ ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीले तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ । पार्टीको नयाँ र पुरानो सङ्गठित सदस्यताका नामावली विवरण अद्यावधिक गरिएको जनाइएको छ ।