• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

डिभोर्सको खबरकाबीच न्यूयोर्क पुगे हार्दिक पाण्ड्या



एजेन्सी । कप्तान रोहित शर्मासहित धेरै भारतीय खेलाडी टी–२० विश्वकप २०२४ का लागि न्यूयोर्क पुगेका छन् । अहिले उपकप्तान हार्दिक पाण्ड्या पनि पुगेको खबरहरु आइरहेका छन् । हार्दिक टीम इन्डियासँग जान सकेनन् ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने पाण्ड्या आफ्नो व्यक्तिगत जीवनलाई लिएर निकै चिन्तित छन् । पाण्ड्या र नताशाको सम्बन्धविच्छेदको धेरै खबरहरु आएका छन् । तर, दुवैले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । पाण्ड्याले बंगलादेश विरुद्ध भारतका लागि अभ्यास खेल खेल्न सक्नेछन् ।

क्रिकबजको समाचार अनुसार हार्दिक पाण्ड्या आइतबार न्यूयोर्क पुगेका छन् । आईपीएल २०२४ पाण्ड्याका लागि निराशाजनक रह्यो । उनको टोली नराम्ररी पराजित भयो । मुम्बई इन्डियन्स प्लेअफमा पुग्न सकेन ।

यससँगै हार्दिकको व्यक्तिगत प्रदर्शन पनि कमजोर रह्यो । तर, यसका बाबजुद पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनीमाथि विश्वास व्यक्त गर्दै उनलाई टिम इन्डियामा स्थान दिएको थियो । अब पाण्ड्या २०२४ को टी–२० विश्वकपमा भारतीय टिमबाट खेल्नेछन् ।

पाण्ड्याले आफ्नो व्यक्तिगत जीवनमा पनि उतारचढावको सामना गरिरहेका छन् । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने हार्दिक र उनकी श्रीमती नताशा स्टान्कोभिकको सम्बन्धविच्छेद हुन लागेको छ । यद्यपि हार्दिक वा नताशाले यसबारे केही भनेका छैनन् ।

हालै नताशालाई डिभोर्सको बारेमा प्रश्न सोध्दा उनले बेवास्ता गरिन् । पाण्ड्या र नताशा लामो समयदेखि सामाजिक सञ्जालमा ट्रेन्डिङ रहिरहे । फ्यानहरूले हार्दिकको खराब प्रदर्शनको कारण उनको व्यक्तिगत जीवनको समस्यालाई माने । पाण्ड्याको व्यक्तिगत जीवनको समस्या कसरी समाधान हुन्छ भन्ने बारे अहिलेसम्म कुनै अपडेट आएको छैन ।

भारतीय टोलीले २०२४ को टी–२० विश्वकपअघि अभ्यास खेल खेल्नेछ । जुन १ मा भारत र बंगलादेशबीच खेल हुनेछ । यसमा हार्दिक सहभागी हुन सक्छन् । विराट कोहली र सञ्जु सामसन पनि व्यक्तिगत कारणले टीम इन्डियासँग न्यूयोर्क जान सकेनन् । विराट र सामसनले यो खेल छोड्न सक्छन् ।