१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

समितिमा सहमति नभए बजेटमा पनि अवरोध हुन्छ: कांग्रेस

समितिमा सहमति नभए बजेटमा पनि अवरोध हुन्छ: कांग्रेस
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनमा आफ्नो अडान कायम राख्ने भएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले समिति गठनमा सहमति नजुटे बजेट भाषणका दौरान पनि संसद्मा अवरोध जारी राख्ने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै प्रकाशशरण महतले छानबिन समितिबारे कांग्रेसको अडान यथावत् रहेको र त्यो पूरा नभए पनि संसद्मा अवरोध जारी राख्ने बताए । उनले भने, ‘छानबिन समितिको कार्यादेश तय गर्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख हुनुपर्ने हाम्रो अडान यथावत् छ । नामै राख्न सत्तापक्ष तयार नहुने स्थितिमा सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता खुल्ने गरी आउनुभयो भने ठिकै छ, त्यसरी आउनुभएन सहमति गर्न सकिँदैन । भोलि पनि हाम्रो अवरोध जारी रहन्छ ।’

बजेट पेस गर्नका लागि मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

महतले आजै प्रधानमन्त्रीसँग छलफल गर्न नेताहरू बालुवाटार गएका पनि जानकारी दिए । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक कार्यदलका सदस्यहरू ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार अहिले बालुवाटार गएका छन् ।