४ भाद्र २०८३, बिहीबार
,
Latest
हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज क्यानडासँग पहिलो औपचारिक वार्मअप म्याच खेल्दै



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले आज सोमबार पहिलो औपचारिक वार्मअप म्याच खेल्दैछ ।

हाल अमेरिकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेल क्यानडासँग खेल्न लागेको हो ।

नेपाल र क्यानडाबीचको अभ्यास खेल डलासमा ग्रान्ड प्रेरी स्टेडियममा राति ९ः१५ बजे सुरु हुनेछ ।

नेपालले आफ्नो दोस्रो खेल आयोजक राष्ट्र अमेरिकासँग मे ३० तारिखमा खेल्नेछ । दोस्रो अभ्यास खेल पनि डलासमै खेलिने छ ।

जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् ।

नेपालले आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।