• १४ मंसिर २०८०, बिहीबार
  •      Thu Nov 30 2023
  •   Unicode
Logo
Latest
★   केपी ओली कप: फाईनलमा पुग्न एपिएफलाई मधेशले दियो १ सय ९८ रनको विशाल लक्ष्य ★   राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता ★   प्रचण्ड नातिनी प्रतिभाको अर्थशास्त्री रेग्मीसँग ईंगेजमेन्ट ★   विपिन जोशीको बिना शर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने संसदीय समितिको निर्णय ★   टी–२० सिरीजको तेस्रो खेलमा अष्ट्रेलियासँग हारेको भारतले टिममा गर्नसक्छ यी परिवर्तन ★   अब आफ्नै घरबाट पनि न्याय पाउन सकिन्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   त्रिपालमुनिका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ: उपप्रधानमन्त्री श्रेष्ठ ★   सस्तोमा उखु बेच्दै सर्लाहीका किसान ★   कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती ★   अस्थायी आवास निर्माण सरलीकृत: रकम पठाउने कार्य द्रुतमार्गबाट

१२ आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद



इस्तानबुल, टर्कीे । ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ । ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस त्रासदीको लागि एक अर्कालाई दोषारोपण गरेको सीएनएनले जनाएको छ। 

टर्कीका आन्तरिक मन्त्री सुलेमान सोयलुले युरोपेली युनियनमा प्रवेश गर्न खोज्ने आप्रवासीहरूले प्रयोग गर्ने सीमावर्ती शहर इप्सालामा एक दर्जन आप्रवासीको चिसोले मृत्यु भएको बताएका छन्।

सोइलुले ट्वीटरमा लेखेका छन् ''ग्रीक सीमा अधिकारीहरूले तिनीहरूलाई हटाएको र तिनीहरूको जुत्ता र लुगाहरू खोसिएको छ।'' उनले धमिलो तस्बिरहरू ट्वीट गर्दै कम्तिमा आठ व्यक्तिको शव आंशिक रूपमा लुगा लगाएको र माटोमा लडिरहेको देखाइएको देखिन्छ भनेर लेखेको सीएनएनले रिपोर्ट गरेको छ। सोयलुले ग्रीक सीमा गस्ती र एकाइहरूलाई ठगको संज्ञा दिँदै युरोपेली संघ 'उपचारविहीन, कमजोर र मानवीय भावनाहरूको शून्य' रहेको टिप्पणी समेत गरेका छन् ।

यसैगरी ग्रीसका अध्यागमन मन्त्री नोटिस मिताराचीले सोइलुको  उक्त आरोप अस्वीकार गरेका छन् । 'इप्साला नजिकैको टर्की सीमामा १२ आप्रवासीको मृत्यु हुनु दुःखद घटना हो,' उनले एक विज्ञप्तिमा भने। 'तर यस घटनाको पछाडिको सत्य मेरो समकक्षीले गरेको झूटो प्रचारसँग मिल्दोजुल्दो छैन।'

मिताराचीका अनुसार ती आप्रवासीहरू कहिल्यै सीमामा पुगेका छैनन्। ''उनीहरूले गरेको कुनै पनि सुझाव वा दावी वास्तवमा पूर्णतः बकवास हो,'' उनले भने। ''निराधार दावीहरू गर्नुको सट्टा टर्कीले आफ्नो दायित्वहरू पूरा गर्न र यी खतरनाक यात्राहरू रोक्न काम गर्न आवश्यक छ'' उनले भने ।

१२ जना आप्रवासीहरू २२ जनाको समूहमा थिए। क्षेत्रीय अधिकारीहरूले एक विज्ञप्तिमा जनाएअनुसार उनीहरूले अझै बाँकी १० जनाको खोजी गरिरहेका छन् । उक्त  घटनाको अनुसन्धान शुरु गरिएको छ। (रासस/एएनआई)