• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी ★   ‘मनाङको विकासमा ठेकेदारको लापरवाही’ ★   नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ ★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ

सस्पेन्स् थ्रिलर चलचित्र ‘A’ आगामी तिहारमा प्रर्दशन हुँदै



काठमाडौं । चलचित्र 'A' को प्रर्दशन मिति घोषणा भएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स्  थ्रिलर चलचित्र 'A' आगामी २०७८ सालको तिहारमा हुने भएको हो । 

तिहारमा चलचित्रलाई प्रदर्शन ल्याउने भएता पनि मिति भने केही समय पछि सार्वजनिक गर्ने वितरक करण श्रेष्ठले बताउनुभयो । यस चलचित्रको मुख्य भुमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत, दुर्गेश थापा र रवि गिरी रहेका छन् । त्यस्तै अन्य कलाकारमा प्रविन खतिवडा, सुरज बज्राचार्य, बिकेश प्रजापति, सुरज विष्ट, गित बिष्ट र विपिन कार्की लगाएत रहेका छन् । बाल कलाकारमा भने जसिका घिमिरे, अग्रता राई, अभिमान सिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापा रहेका छन् ।

यो चलचित्रको कथा राकेश रनपालको रहेको छ भने पटकथा तथा सम्बाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ । चलचित्रको छायाँकंन मोहन कुमार झिल्लुले गर्ने भएका हुन् भने सम्पादनमा अनिल कुमार महर्जनको रहनेछ । चलचित्रमा द्वोन्द्व राजु किराँतको रहेको छ भने संगितमा सुरेश गैरे रहेका छन् ।

यस चलचित्रको निर्देशन भने भोमन कटुवालले कटुवालले गर्दैछन् चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ । चलचित्रको नेपालभरको वितरण जिम्मा भने ‘जिजिए ग्रुप’ ले लिएको छ ।