४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः फाइनल प्रवेशका लागि पोखरा र ललितपुर भिड्दै



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

पोखरा र ललितपुरबीचको खेलको विजेताले शनिबार हुने फाइनलमा धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई टाईब्रेकरमा हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भए पनि पोखराले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । यस्तै, ललितपुरले एलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सलाई ३–० को सहज जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

लिग चरणमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका थिए । नकआउट खेल भएकोले दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ ।