१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियामा भएको भिडन्तमा परी कम्तीमा १० जनाको मृत्यु



अ+ अ-

दमासकस । सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परेर १० जना सर्वसाधारणको ज्यान गएको छ । सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचका भिडन्त भएको थियो । त्यसमा परेर १० जना सर्वसाधारणको ज्यान गएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

सिरियाको उत्तरी सहर अलेपोमा कुर्दिस् र टर्कीस् मिलिसियाका बीचमा भिडन्त भएको सिरियाली सरकारी समाचार समिति, सानाले जनाएको छ । सो सहरको बस्तीमा दुई पक्षका हतियारधारीका बीचमा दोहोरो गोली हानाहान भएको र त्यसमा सर्वसाधारण परेका सो समाचार समितिले जनाएको छ ।

उक्त सहरमा केही समयतादेखि हिंसा भइरहेको छ । यसरी हुने विभिन्न सशस्त्र समूहहरुका भिडन्तमा सर्वसाधारणले ज्यान गुमाउने गरेका पनि समाचारमा जनाइएको छ । यसरी सर्वसाधारणको ज्यान जाने कार्य यहँ चिन्ताजनक रहेको सिरियाका मानवअधिकारवादीहरुले बताउने गरेका छन् । (रासस-सिन्ह्वा)