२ भाद्र २०८३, मंगलवार
,
Latest
राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्दा चाँदी घट्यो



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला दुईसय रुपैँयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार छापावाल सुन तोलामा एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन तोलामा एक लाख २० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधवार तेजाबी सुन प्रतितोला एक लाख २० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसैगरी मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैँयाले घटी एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।