• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो !

दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको छ: मन्त्री साउद



काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको बताउनुभएको छ ।

सोमवार उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताउनुभएको हो ।

उहाँले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरु विदेशिरहेका भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको बताउनु भयो । उहाँले कामदारका रुपमा पनि विदेशिने गरेका भन्दै क्षमतावान व्यक्तिहरुले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने बताउनु भयो । उहाँले देशको कुल जनसंख्यामध्ये युवाहरुको जनसंख्या धेरै रहेको उल्लेख गर्दै देशेको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको बताउनु भयो । मन्त्री साउदले काम गर्ने जनसंख्या कम हुँदै जाँदा देशको आर्थिक विकास गर्न नसकिने बताउनु भयो । उहाँले अहिले काम गर्ने समय भएको भन्दै सबैको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘धेरै पढे, लेखेका मान्छेहरु डाक्टर, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री उनीहरु पनि बाहिर गइरहेका छन् । र कामदार वर्गपनि बाहिर गइरहेका छन् । यो अत्यन्त ठूलो लगानी भएको बुद्धिजिवी वर्ग बाहिर जान्छ त्यसलाई हामी ब्रेन ड्रेन भन्छौँ । जसमा हामीले लगानी धेरै लगाएका हुन्छौँ । अर्को ठाउँको भिसा पाएर अर्को देशमा काम गर्‍यो भने हाम्रो लगानीमा त्यो मेनपावर अर्काले प्रयोग गर्न पायो । त्यो मेनपावर यदी नेपालमै राख्न सकेको भए नेपालमै प्रयोग गर्न सकेको भए डाक्टरको हकमा स्वास्थ्यको क्षेत्रमा बिरामीहरुले उपचार पाउँथे । इन्जिनियरको हकमा विभिन्न संरचनाका काम हुन्थेँ ।’

‘अर्थशास्त्रीको हकमा आर्थिक गतिविधिलाई त्यसले बढाउथ्यो । बिजनेश सेक्टरको मेनपावर भए त्यसले व्यापारिक सम्भावनाहरुमा अगाडी बढ्थ्यो । तर हाम्रो स्कील्ड र क्षमता बनेको, दिएको, भएको शक्ति बाहिर जाँदाखेरी हाम्रो मुलुकलाई क्षति भइरहेको छ । हाम्रो देशमा युवाको जनसंख्या धेरै छ । कुनैपनि देशको समग्र जनसंख्याभित्र युवाहरुको हिस्सा सबभन्दा ज्यादा हुन्छ । कुनैपनि देशले बिकास गर्ने त्यही बेला हो । आर्थिक विकासमा त्यही बेला देशले फड्को मार्न सक्नुपर्छ । आर्थिक विकासको सन्दर्भमा पनि देशले फड्को मार्नुपर्ने बेला यही हो । यसपछि तपाई हामी बुढा हुँदै गइसकेपछि फेरि बसि खाने बेला आउँछ । जनसंख्या बसि खाने भएपछि आर्थिक गतिविधि कम हुन्छ । विकास कम हुन्छ । त्यसकारण अहिले काम गर्ने बेला हो भन्नेतिर ध्यानाकर्षण गर्न चाहान्छु ।’

मन्त्री साउदले राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको बताउनु भयो । उहाँले राज्यका सबै क्षेत्रहरुमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो ।