२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता केन्द्रित भएर भू-राजनीतिक सम्बन्ध बनाउनु हुँदैन: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थको लागि भू–राजनीतिक सम्बन्ध बिगार्नु नहुने बताउनुभएको छ ।

नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले भू–राजनीतिक सम्बन्ध कुनै व्यक्ति वा सत्ता केन्द्रित नभएर देश र जनताको हितमा केन्द्रित हुनु पर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेती जलविद्युत आयोजना चीनलाई दिँदा भारत रिसाएर बिजुली किन्दैन भनि दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै ओलीले यस्ता अभिव्यक्ति नेपालको असंलग्न राष्ट्र नीतिको विपरीत रहेको बताउनुभयो । नेपालको राजनीति र विकास कतैबाट पनि प्रभावित हुनुनहुने ओलीले बताउनुभयो । नेपालको विकासमा कसैले पनि हस्तक्षेप गर्नु नहुने र सत्तामा बस्नेहरू कतैबाट पनि प्रभावित हुन नहुने ओलीको भनाइ छ ।

नेपाल र नेपालीको हित हुने खालको सहयोग जसले बढी दिन्छ त्यसबाट लिनु पर्ने उहाँले बताउनुभयो । ‘हाम्रो विकास हामीले निर्बाध ढङ्गले गर्न पाउनुपर्छ, बिरालो कालो होस् कि, सेतो होस्, मुसा मार्ने हुनुपर्छ’ ओलीले भन्नुभयो । भारत, चीन वा अरू कुनै पनि मुलुकले नेपाल र नेपालीको हित हुने गरी गरेको सहयोग लिनु पर्ने उहाँले बताउनुभयो । नेपालको हित हुने र नेपालको प्राथमिकतामा रहेका सबै खालको सहयोग लिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

ओलीले छिमेकीले चित्त दुखाउँछ कि दुखाउँदैन भनेर सत्ता केन्द्रित भएर सोच्नु नहुने बताउनुभयो । नेपाल सार्वभौमसत्ता सम्पन्न असंलग्न नीति बोकेको मुलुक भएकोले सबैसँगको सम्बन्ध पनि असंलग्न हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।