२५ श्रावण २०८३, सोमबार
,
Latest
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यही कुशासनको दुष्चक्र भित्रबाट देश विकासको सपना देख्न सकिँदैन: ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन कुशासन र भ्रष्टाचारको दुष्चक्रमा फसेको बताउनुभएको छ ।

नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले यात्राको क्रममा भ्रष्टाचार विकास आयोजनको पर्याय जस्तै बनेको बताउनुभयो ।

भ्रष्टाचार, कमिसन र अनियमितताको कारण विकास र समृद्धिको काम ठप्प भएको ओलीको भनाइ छ । ‘यही कुशासनको दुष्चक्र भित्रबाट देश विकासको सपना देख्न सकिँदैन’, उहाँले भन्नुभयो । सुखी नेपाली समृद्धि नेपाल नेकपा एमालेले आफ्नो आकांक्षाको रूपमा लिएकोले यसलाई पूरा गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र सुशासनको पक्षमा नेकपा एमाले निरन्तर लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यात्राको क्रममा नेकपा एमालेको देश र जनता प्रतिको बुझाइ निक्कै फराकिलो भएको उहाँले बताउनुभयो । कुनै पनि विश्वविद्यालयबाट प्राप्त गर्न नसक्ने ज्ञान यात्राको क्रममा प्राप्त भएको उहाँले प्रष्ट पार्नुभयो ।