१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

घले समूहले १३८ किलो सुन विमानस्थलबाट भित्र्याइसकेको छानबिन समितिको निष्कर्ष



अ+ अ-

काठमाडौं । १४ केजी सुन प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर घलेले यसअघि पनि सुन ल्याउने गरेका छानबिन समितिले बताएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पत्रकार सम्मेलन गर्दै समितिले गरोहले १ सय ३८ केजी सुन नेपाल भित्र्याइसकेको निष्कर्ष निकालेको हो ।

मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याईएको १४ किलो सुनसहित गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घले पक्रउ परेका थिए । त्यसपछि छानबिन समिति गठन भएको थियो ।

त्यसबारे छानबिन गर्न गठित समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी मात्रै बरामद गरिएको जनाएको छ ।

समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए। मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको छ ।

समितिको अनुसार एयरपोर्टमा सेटिङ मिलाउन मीनबहादुरले दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको र एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठले सहयोग गर्ने गरेको बताएको छ ।