१९ माघ २०८१, शनिबार
,
Latest
सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुर टिभीमा पाठक ‘आउट’, पौडेल ‘इन’



अ+ अ-

एजेन्सी । कान्तिपुर टेलिभिजनले सम्पादकीय नेतृत्वमा हेरफेर गर्ने भएको छ । प्रधान सम्पादक दिलभुषण पाठकले पदबाट राजीनामाको घोषणा गरेसँगै कान्तिपुर व्यवस्थापनले नयाँ प्रधानसम्पादकको रूपमा विजय पौडेललाई ल्याउने तयारी गरेको छ ।

प्रधानसम्पादक पाठकले व्यवस्थापनबाट केही प्रतिबद्धता पूरा हुनेबित्तिकै राजीनामा बुझाउने बताएका छन् । पाठकले २०७८ भदौमा कान्तिपुर टिभीको प्रधान सम्पादकको जिम्मेवारी सम्हालेका थिए । सम्पादकको रूपमा पाठकको यो दोस्रो कार्यकाल हो ।

पाठकले ‘टफ टक’ टेलिभिजन कार्यक्रम चलाउँदै आएका थिए । यसअघि कान्तिपुर टिभीमै काम गरेका पौडेल प्रधान सम्पादकको जिम्मेवारीका रुपमा तीन–चार दिनमा काममा जाने बुझिएको छ ।