११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

समृद्धिका लागि संकल्प यात्रा असाधारण, गलत भाष्यलाई चिर्न सफल : केपी ओली

समृद्धिका लागि संकल्प यात्रा असाधारण, गलत भाष्यलाई चिर्न सफल : केपी ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्रा असाधारण रूपमा सफल भएको बताउनुभएको छ ।

सो यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यात्राले असाधारण सामाजिक सद्भाव समेत कायम गरेको बताउनुभयो । यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको ओलीले प्रष्ट पार्नुभयो ।

अवाञ्छित खालका चिन्तालाई अघि बढाउने प्रयासलाई सो यात्राले असफल बनाएको ओलीले दाबी गर्नुभयो । अनेक खालका गलत भाष्यलाई यात्राले चिर्ने काम गरेको उहाँले बताउनुभयो । ‘सही भाष्यलाई स्थापित गर्न यो यात्रा सफल भएको छ’, उहाँले भन्नुभयो ।
जनतामा आएको नैराश्य भाव चिर्नलाई पनि यात्राले निक्कै सहयोग गरेको ओलीले बताउनुभयो । यो यात्राले राजनीतिक रूपका गलत भाष्यलाई गलत प्रमाणित गरेको ओलीले बताउनुभयो । हिंसाका प्रवृत्ति र ढुङ्गा हान्ने कुरालाई यो यात्राले निस्तेज गरिदिएको ओलीले बताउनुभयो ।

ओलीले संकल्प यात्रा सांस्कृतिक उत्सवको यात्रा पनि भएको बताउनुभयो । यसले सांस्कृतिक एकता कायम गर्न सहयोग गरेको उहाँले दाबी गर्नुभयो ।ओलीले सर्वदलीय बैठकबाट, सर्वपक्षीय बैठकबाट पनि यात्राको क्रममा सुझाव आएकोले यात्रा सबै हिसाबले सफल भएको ओलीले बताउनुभयो । विकासका निम्ति तत् तत् ठाउँमा के के गर्नुपर्छ भन्ने सुझाव यात्राको क्रममा आएको ओलीले प्रष्ट पार्नुभयो ।
नेकपा एमालेले गरेको काम स्थलगत यात्रामा देखिएको ओलीले बताउनुभयो । एमाले सरकारमा हुँदा गरेको काम हेर्न गाउँमा नै छिर्नुपर्छ भन्ने सन्देश यात्राले दिएको उहाँको भनाइ छ ।

नेपालमा आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र त्यो सम्भावना यात्राको क्रममा पहिचान गरिएको ओलीले बताउनुभयो । तर युवा पङ्ती देशे छाडेर हिँड्नु गम्भीर चुनौती भएको ओलीको भनाइ छ ।