२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डंकी’अघि शाहरुखले राजकुमार हिरानीका यी दुई सुपरहिट फिल्मलाई अस्वीकार गरेका थिए



अ+ अ-

एजेन्सी । शाहरुख खानको फिल्म ‘डंकी’ रिलिज भएको छ र फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । निर्देशक राजकुमार हिरानीको फिल्ममा शाहरुख पहिलो पटक देखिएका हुन् ।

यसअघि हिरानीले पाँचवटा फिल्म बनाए, जसमध्ये दुईवटा शाहरुख खानलाई अफर गरिएको थियो तर दुवै पटक शाहरुखले ती हिट फिल्मलाई अस्वीकार गरे ।

प्रसिद्ध फिल्ममेकर राजकुमार हिरानीले आफ्नो करियरमा हालसम्म पाँचवटा फिल्म निर्देशन गरिसकेका छन् र ती सबै ब्लकबस्टर हिट साबित भएका छन् । डंकी उनको छैटौं फिल्म हो जसमा शाहरुख खान देखिएका छन् । तर के तपाईलाई थाहा छ हिरानी आफ्नो पहिलो फिल्ममा शाहरुख खानलाई नायकको रुपमा कास्ट गर्न चाहन्थे । यो फिल्म सन् २००३ मा रिलिज भएको ‘मुन्ना भाई एमबीबीएस’ थियो ।

यस फिल्मका लागि सबैभन्दा पहिले शाहरुख खानलाई अप्रोच गरिएको थियो तर केही कारणले शाहरुखले मानेनन् । त्यसपछि मुन्ना भाईको यो आइकोनिक भूमिका सञ्जय दत्तको हातमा गयो र उनले यो फिल्मबाट निकै तारिफ पाए ।

मुन्ना भाइ एमबीबीएस मात्र होइन, यसअघि शाहरुख खानलाई फिल्म ‘३ इडियट्स’को अफर पनि आएको थियो तर अभिनेताले त्यसलाई पनि अस्वीकार गरेका थिए । पछि यो फिल्ममा आमिर खानले मुख्य भूमिका निभाएका थिए भने फिल्ममा आर माधवन र शरमन जोशी पनि देखिएका थिए ।

यी दुवै फिल्मले आफ्नो बजेटभन्दा धेरै गुणा बढी कमाई गरे र सुपरहिट फिल्मको सूचीमा परे । यसका साथै आफ्नो दमदार कथाका कारण पनि सबैको मनपर्ने फिल्म बन्यो ।