४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिग: ओपोकुको ह्याट्रिकमा वीरगञ्जले काठमाडौँलाई हरायो



अ+ अ-

काठमाडौँ । वीरगञ्ज युनाइटेडले काठमाडौँ रेजर्सलाई पराजित गर्दै नेपाल सुपर लिगख (एनएसएल) फुटबल प्रतियोगितामा जित हासिल गरेको छ ।

दशरथ रङ्गशाला मैदानमा बिहीबार भएको खेलमा वीरगञ्जले काठमाडौँ रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । वीरगञ्जका जितमा विलियम ओपोकुले ह्याट्रिक गरे भने सुनिल खड्काले एक गोल थपे । यता काठमाडौँका लागि भने एनकेन्गुय जुनियरले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने काठमाडौँले लियो । खेलको २१औँ मिनेटमा काठमाडौँका जुनियरले कुल्दीप कार्कीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा वीरगञ्जले पेनाल्टी पायो । सुशील लामाले प्रहार गरेको बल बचाउने क्रममा काठमाडौँका आन्द्रेस नियाले ह्याण्ड गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो ।

जसको सदुपयोग वीरगञ्जका विलियम ओपोकुले गरे । त्यस्तै खेलको दोस्रो हाफमा वीरगञ्जले थप तीन गोल गर्‍यो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए ।

त्यसपछि खेलको ५६ र ५७औँ मिनेटमा ओपोकुले लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । यस जितसँगै वीरगञ्जले सात खेल खेल्दा आठ अङ्क जोडेको छ । वीरगञ्ज अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।

त्यस्तै पराजित काठमाडौँले सात खेलमा नौ अङ्क जोडेको छ । काठमाडौँ अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।