५ पुष २०८२, शनिबार
,
Latest
बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिग: ओपोकुको ह्याट्रिकमा वीरगञ्जले काठमाडौँलाई हरायो



अ+ अ-

काठमाडौँ । वीरगञ्ज युनाइटेडले काठमाडौँ रेजर्सलाई पराजित गर्दै नेपाल सुपर लिगख (एनएसएल) फुटबल प्रतियोगितामा जित हासिल गरेको छ ।

दशरथ रङ्गशाला मैदानमा बिहीबार भएको खेलमा वीरगञ्जले काठमाडौँ रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । वीरगञ्जका जितमा विलियम ओपोकुले ह्याट्रिक गरे भने सुनिल खड्काले एक गोल थपे । यता काठमाडौँका लागि भने एनकेन्गुय जुनियरले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने काठमाडौँले लियो । खेलको २१औँ मिनेटमा काठमाडौँका जुनियरले कुल्दीप कार्कीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा वीरगञ्जले पेनाल्टी पायो । सुशील लामाले प्रहार गरेको बल बचाउने क्रममा काठमाडौँका आन्द्रेस नियाले ह्याण्ड गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो ।

जसको सदुपयोग वीरगञ्जका विलियम ओपोकुले गरे । त्यस्तै खेलको दोस्रो हाफमा वीरगञ्जले थप तीन गोल गर्‍यो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए ।

त्यसपछि खेलको ५६ र ५७औँ मिनेटमा ओपोकुले लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । यस जितसँगै वीरगञ्जले सात खेल खेल्दा आठ अङ्क जोडेको छ । वीरगञ्ज अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।

त्यस्तै पराजित काठमाडौँले सात खेलमा नौ अङ्क जोडेको छ । काठमाडौँ अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।