८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाबाट भारतसम्म गाडीमैः ४० दिनमा १९ हजार किलोमिटर यात्रा, ४० लाख खर्च



अ+ अ-

एजेन्सी । हामी मध्ये धेरैलाई यात्रा गर्न मनपर्छ र हामीले मौका पाएको बेला त्यसो गर्न तयार छौं । जब हामी विदेश यात्रा गर्ने बारे सोच्दछौं, हाम्रो दिमागमा पहिलो कुरा उडान बुक गर्ने योजना हुन्छ । तर, एकजनाले अनौठो कुरा गर्ने सोच बनाए। उनी क्यानडाबाट भारत गाडीमा मात्रै जान चाहन्थे ।

कतिपय मानिसहरु आफ्नो कारमा यात्रा गर्न रुचाउँछन् तर क्यानडाका एक व्यक्ति आफ्नो एसयूभी चलाएर भारत आए । यी यात्रुले करिब १९ हजार किलोमिटरसम्म आफ्नो कार चलाएका थिए ।

यो अनौठो यात्राका लागि उनी निकै चर्चित भए । उनको नाम जसमित सिंह साहनी रहेको छ ।

जसमितलाई आफ्नो फोर्ड ब्रोंको एसयूभीमा भारत पुग्न लगभग ४० दिन लाग्यो । आफ्नो अन्तिम गन्तव्यमा पुग्नुअघि उनले १८ देश कभर गरेका थिए । जसमीतले डीएनए इन्डियालाई बताए कि उनले यो सडक यात्रा २.५ वर्षमा योजना बनाएका हुन् । यात्राको क्रममा उनले आफ्नो एसयूभीमा सुत्नुपरेको थियो । जसमितले यात्रामा २५ लाख ( नेरु ४० लाख)भन्दा बढी खर्च गरेको बताए ।

उनी पाकिस्तान हुँदै भारत प्रवेश गरेका थिए । उनको परिवारले उनलाई अमृतसर नजिकैको अटारी–वाघा सीमामा स्वागत गरे । अहिले उनको अविश्वसनीय सडक यात्रा सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जसमीत एक कार प्रेमी हुन् जो अमेरिकी कारहरूको प्रशंसक हुन् । उनी अहिले आफ्नो कारमा अन्य गन्तव्यमा जाने सोचमा छन् । अब उनी ६ महिना भारत भ्रमणमा बिताउनेछन् ।