• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय

क्यानडाबाट भारतसम्म गाडीमैः ४० दिनमा १९ हजार किलोमिटर यात्रा, ४० लाख खर्च



एजेन्सी । हामी मध्ये धेरैलाई यात्रा गर्न मनपर्छ र हामीले मौका पाएको बेला त्यसो गर्न तयार छौं । जब हामी विदेश यात्रा गर्ने बारे सोच्दछौं, हाम्रो दिमागमा पहिलो कुरा उडान बुक गर्ने योजना हुन्छ । तर, एकजनाले अनौठो कुरा गर्ने सोच बनाए। उनी क्यानडाबाट भारत गाडीमा मात्रै जान चाहन्थे ।

कतिपय मानिसहरु आफ्नो कारमा यात्रा गर्न रुचाउँछन् तर क्यानडाका एक व्यक्ति आफ्नो एसयूभी चलाएर भारत आए । यी यात्रुले करिब १९ हजार किलोमिटरसम्म आफ्नो कार चलाएका थिए ।

यो अनौठो यात्राका लागि उनी निकै चर्चित भए । उनको नाम जसमित सिंह साहनी रहेको छ ।

जसमितलाई आफ्नो फोर्ड ब्रोंको एसयूभीमा भारत पुग्न लगभग ४० दिन लाग्यो । आफ्नो अन्तिम गन्तव्यमा पुग्नुअघि उनले १८ देश कभर गरेका थिए । जसमीतले डीएनए इन्डियालाई बताए कि उनले यो सडक यात्रा २.५ वर्षमा योजना बनाएका हुन् । यात्राको क्रममा उनले आफ्नो एसयूभीमा सुत्नुपरेको थियो । जसमितले यात्रामा २५ लाख ( नेरु ४० लाख)भन्दा बढी खर्च गरेको बताए ।

उनी पाकिस्तान हुँदै भारत प्रवेश गरेका थिए । उनको परिवारले उनलाई अमृतसर नजिकैको अटारी–वाघा सीमामा स्वागत गरे । अहिले उनको अविश्वसनीय सडक यात्रा सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जसमीत एक कार प्रेमी हुन् जो अमेरिकी कारहरूको प्रशंसक हुन् । उनी अहिले आफ्नो कारमा अन्य गन्तव्यमा जाने सोचमा छन् । अब उनी ६ महिना भारत भ्रमणमा बिताउनेछन् ।