३ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी वागमतीमा एमालेका किरण थापालाई राप्रपाको समर्थन छैन : अध्यक्ष लिङ्देन सरकारको कार्यशैली र बजेटप्रति कांग्रेस सांसद केसीको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसद्वारा युक्रेनमा व्यापक हवाइ आक्रमण



अ+ अ-

कीएभ । युक्रेनी राजधानी कीएभ तथा देशका अन्य स्थानहरूमा रूसी सेनाले बिहीबार रातभरि हवाई आक्रमण तथा दर्जनौं इरानी प्रविधि प्रयोग गरिएका ड्रोनहरू खसालेको युक्रेनले जनाएको छ ।

“रूसी सेनाले तीन तिरबाट विभिन्न प्रकारका हवाइ अस्त्रद्वारा आक्रमण गरी कब्जा गरिएको क्रिमिया, प्रिमोस्र्को यक्रेनी वायु सेनाले टेलिग्राम मार्फत जनाएको छ ।

टेलिग्रामले कुनै पनि विनासको रिपोर्ट नगरी ३५ मध्ये ३४ ड्रोनलाई खसालेको मात्र उल्लेख गरेको छ ।

युक्रेनमा पछिल्लो समय दिनहु जस्तो ड्रोन आक्रमण भएका छन् । कीएभले आफ्नो युरोपेली र अमेरिकी सहयोगीहरूबाट प्राप्त हतियारहरूसहित आफ्नो वायु रक्षा प्रणालीलाई बलियो बनाएको छ ।

पछिल्लो समय मस्कोले रातिको समयमा आक्रमणलाई तीव्र पारेको छ । युक्रेनले रूसको आक्रमणको सामना गर्नका लागि आफ्ना सहयोगीहरूलाई थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेको छ ।

यसै सन्दर्भमा अमेरिकी सिनेटका प्रजातान्त्रिक तथा गणतान्त्रिक नेताहरूले मङ्गलबार वर्षको अन्त्यभन्दा अघि युक्रेनका लागि नयाँ सहायता स्वीकृत गर्न सक्षम नहुने बताएका छन् ।

कीएभले क्रेमलिनलाई चिसो समयमा देशलाई अन्धकार र चिसोमा डुबाई आफ्ना नागरिकहरूलाई आतङ्कित पार्न ऊर्जा सुविधाहरू नष्ट गर्न खोजेको आरोप लगाएको छ ।रासस