• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड

राम मन्दिरको उद्घाटनका लागि १०८ मिटर लामो अगरबत्ती बनाइयो



एजेन्सी । भारतको अयोध्यामा राम मन्दिरको उद्घाटनका लागि गुजरातको वडोदरामा १०८ फिट लामो अगरबत्ती बनाइएको छ । मन्दिरमा भगवान रामको मूर्तिको अभिषेकका बेला यो धूप बालिनेछ ।

अयोध्यामा मन्दिर उद्घाटनको तयारी तीव्र गतिमा भइरहेको छ । सहरमा विभिन्न पूर्वाधार निर्माणका आयोजनाहरु भइरहेका छन् । जसमा सडक, भवन र विमानस्थल निर्माण पर्दछन् ।

अयोध्याको अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको काम डिसेम्बरको अन्त्यसम्ममा सम्पन्न हुनेछ । यसले मन्दिरको उद्घाटनपछि आउने महिनाहरूमा यहाँ आउने लाखौं तीर्थयात्रीहरूलाई यात्रामा सहजता प्रदान गर्नेछ ।

उत्तर प्रदेश सरकारले अयोध्याको विकासका लागि थप १७५ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकम अयोध्या संरक्षण तथा विकास कोष, रामोत्सव र अन्तर्राष्ट्रिय रामायण तथा वैदिक अनुसन्धान संस्थानको विकास र विस्तारका लागि प्रयोग गरिनेछ ।

‘रामोत्सव’ २०२३–२४ को लागि १०० करोड भारु र अयोध्यामा अन्तर्राष्ट्रिय रामायण र वैदिक अनुसन्धान संस्थानको विकास र विस्तारको लागि २५ करोड रूपैयाँ विनियोजन गरिएको छ ।