२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त

आईपीएलः यी हुन् २००८ देखि अहिलेसम्म महँगो मूल्यमा बिक्री हुने खेलाडीहरु

आईपीएलः यी हुन् २००८ देखि अहिलेसम्म महँगो मूल्यमा बिक्री हुने खेलाडीहरु
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को मिनी लिलामी सम्पन्न भइसकेको छ । मंगलबार दुबईमा खेलाडीहरूमाथि पैसाको वर्षा भएको थियो ।

यसैबीच २००८ देखि हालसम्म कुन–कुन खेलाडी महँगो मूल्यमा बिक्रि भए भन्नेबारे यहाँ जानकारी लिऔं ।

१. वर्ष २००८ – महेन्द्र सिंह धोनी (चेन्नई सुपर किंग्स )
सूचीमा पहिलो स्थानमा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीको नाम छ, जसलाई चेन्नईले २००८ को आईपीएल लिलामीमा ९.५ करोड भारु बोली लगाएर आफ्नो क्याम्पमा सामेल गरेको थियो । सन् २००८ को आईपीएल लिलामीमा धोनी सबैभन्दा महँगा खेलाडी थिए ।

२. वर्ष २००९ – केभिन पिटरसन (रोयल च्यालेन्जर्स बैंगलोर)
सूचीमा दोस्रो स्थानमा केभिन पिटरसनको नाम छ, जसलाई रोयल च्यालेन्जर्स बैंगलोरले ९.८ करोड भारु बोली लगाएर आईपीएल २००९ को लिलामीमा समावेश गरेको थियो । केभिन आईपीएल २००९ को लिलामीमा किनिएका सबैभन्दा महँगा खेलाडी थिए ।

३. वर्ष २०१० – केरोन पोलार्ड (मुम्बई इन्डियन्स )
सूचीमा तेस्रो स्थानमा केरोन पोलार्डको नाम छ, जसलाई सन् २०१० मा मुम्बई इन्डियन्सले ४.८ करोड भारु तिरेर आफ्नो क्याम्पमा सामेल गरेको थियो । २०१० को लिलामीमा केरोन पोलार्ड सबैभन्दा धेरै रकममा बिक्रि भएका खेलाडी थिए ।

४. वर्ष २०११ – गौतम गंभीर (कोलकाता नाइट राइडर्स)
सूचीमा चौथो स्थानमा गौतम गम्भीरको नाम छ, जसलाई कोलकाता नाइट राइडर्सले २०११ मा १४.९ करोड भारुमा किनेको थियो । २०११ को आईपीएल लिलामीमा गम्भीर सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

५. वर्ष २०१२ – रविन्द्र जडेजा (चेन्नई सुपर किंग्स)
रविन्द्र जडेजाको नाम सूचीमा पाँचौं स्थानमा छ, जसलाई चेन्नई सुपर किंग्सले १२.८ करोडमा किनेको थियो । आईपीएल २०१२ को लिलामीमा रविन्द्र जडेजा सबैभन्दा महँगा खेलाडी थिए ।

६. वर्ष २०१३ – ग्लेन म्याक्सवेल (मुम्बई इन्डियन्स)
ग्लेन म्याक्सवेललाई मुम्बई इन्डियन्सले ६.३ करोडमा किनेको थियो । सन् २०१३ को आईपीएल लिलामीमा ग्लेन म्याक्सवेल सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

७. वर्ष २०१४ – युवराज सिंह (रोयल च्यालेन्जर्स बैंगलोर)
युवराज सिंहको नाम सूचीमा सातौं स्थानमा छ, जसलाई आरसीबीले २०१४ को आईपीएल लिलामीमा १४ करोड भारुमा आफ्नो क्याम्पमा समावेश गरेको थियो । आईपीएल २०१४ को लिलामीमा युवराज सिंह सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

८. वर्ष २०१५ – युवराज सिंह (दिल्ली क्यापिटल्स)
युवराज सिंहलाई दिल्ली क्यापिटल्सले २०१५ आईपीएल लिलामीमा १६ करोड भारु बोली लगाएर आफ्नो क्याम्पमा समावेश गरेको थियो । आईपीएल २०१५ को लिलामीमा युवराज सिंह सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

९. वर्ष २०१६ – शेन वाटसन (आरसीबी)
शेन वाटसनको नाम सूचीमा नवौं नम्बरमा छ, जसलाई आरसीबीले ९.५ करोडमा किनेको थियो । शेन वाटसन आइपिएल २०१६ को लिलामीमा किनिएका सबैभन्दा महँगा खेलाडी थिए ।

१०. वर्ष २०१७ – बेन स्टोक्स (राइजिङ पुणे जाइन्ट्स)
बेन स्टोक्सलाई सन् २०१७ मा राइजिङ पुणे सुपर जाइन्ट्सले १४.५ करोडमा किनेको थियो । उनी यस वर्षका सबैभन्दा महँगा खेलाडी थिए ।

११. वर्ष २०१८ – बेन स्टोक्स (राजस्थान रोयल्स)
बेन स्टोक्सलाई राजस्थान रोयल्सले २०१७ मा १२.५ करोडमा किनेको थियो ।

१२. वर्ष २०१९ – वरुण चक्रवर्ती (पञ्जाव सुपर किंग्स)
वरुण चक्रवर्तीको नाम सूचीमा १२ औं नम्बरमा छ, जसलाई २०१९ आईपीएल लिलामीमा पञ्जाब किंग्सले ८.४ करोडमा किनेको थियो । उनी यस वर्षका सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

१३. वर्ष २०२० – प्याट कमिन्स (कोलकाता नाइट राइडर्स)
प्याट कमिन्सको नाम सूचीमा १३ औं नम्बरमा छ, जो १५.५ करोड भारु बोली लगाएर आइपीएल २०२० को लिलामीमा केकेआरको क्याम्पमा सामेल भएका थिए ।

१४. वर्ष २०२१ – क्रिस मोरिश (राजस्थान रोयल्स)
क्रिस मोरिसलाई राजस्थान रोयल्सले सन् २०२१ मा १६.२५ करोडमा किनेको थियो । उनी यस वर्षका सर्वाधिक महँगा खेलाडी हुन् ।

१५. वर्ष २०२२ – इशान किशन (मुम्बई इन्डियन्स)
इशान किशनलाई मुम्बई इन्डियन्सले सन् २०२२ मा १५.२५ करोडमा किनेको थियो । उनी यस वर्षका सर्वाधिक महँगा खेलाडी रहे ।

१६. वर्ष २०२३ – साम करन (पञ्जाव किंग्स)
साम करनलाई गत आईपीएल सिजनमा पञ्जाब किंग्सले १८.५० करोडमा किनेको थियो ।

१७. वर्ष २०२४ – मिचेल स्टार्क ( कोलकाता नाइट राइडर्स)
अष्ट्रेलियाका घातक बलर मिचेल स्टार्कलाई मंगलबार भएको अक्सनमा कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाखमा किन्यो । उनी आईपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी समेत बने ।