१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हृदयघात भई अस्पताल भर्ना भएका अभिनेता श्रेयस घर फर्किए



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता श्रेयस तलपडे अहिले निको भएर डिस्चार्ज भई घर फर्किएका छन् । डिसेम्बर १४ मा उनलाई हृदयाघात भयो र त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

तर अहिले उनी पूर्णरुपमा स्वस्थ छन् । चिकित्सकले उनलाई घर जान अनुमति दिएका छन् । श्रेयसको आगमनको जानकारी श्रीमती दीप्तीले आफैंले इन्स्टाग्राममा सेयर गरेकी छिन् र यो दुःखद घडीमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गर्दै अभिनेताको ज्यान जोगिएको भन्दै लामो पोस्ट पनि सेयर गरेकी छिन् ।

आफ्नो सामाजिक सञ्जाल पोस्टमा अभिनेताकी पत्नी दीप्तीले लेखेकी छिन्, ‘मेरो जीवन, मेरो श्रेयस अब पूर्णरुपमा निको भएर घर आएका छन् । श्रेयससँग कसलाई विश्वास गर्ने र कसलाई नगर्ने भन्ने बहस गर्थें तर मैले मेरो प्रश्नको उत्तर पाएको छु, र त्यो भगवान हुन् । म फेरि कहिल्यै भगवानको अस्तित्वमाथि प्रश्न उठाउने छैन।’

मंसिर १४ गते दिनभर सुटिङ गरेपछि साँझ श्रेयसको स्वास्थ्य बिग्रिएपछि उनी बेहोस भए । अस्पताल पुर्याएपछि उनलाई हृदयघात भएको थाहा भएको थियो ।