५ पुष २०८२, शनिबार
,
Latest
बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ संरचनामा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी– २० क्रिकेट प्रतियोगिता सुरु



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी– २० क्रिकेट प्रतियोगिता आज बिहीबारदेखि सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नयाँ संरचनामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन गर्नु भयो ।

सहभागी ८ टोलीले सुरुमा एक आपसमा राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । राउन्ड रोविन लिगपछि प्लेअफ हुँदै उपाधिका लागि प्रतिस्पर्धा गराइने छ । विगतका संस्करणमा सहभागी टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइएको थियो ।

उद्घाटनका अवसरमा बुधबार स्वर्गारोहण हुनु भएका पाल्पा जिल्ला क्रिकेट संघका अध्यक्ष एवं लुम्बिनी प्रदेश क्रिकेट संघका कोषाध्यक्ष राजेश श्रेष्ठको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी एवं बोर्ड सदस्य एकेन्द्र कुँवर, बोर्ड सदस्य पेम्बा डोल्मा लामा र लेखबहादुर क्षेत्री, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, नेपाल क्रिकेट संघका सचिव पारस खड्कालगायतको उपस्थिति रहेको थियो ।