• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

नेपाल र श्रीलंकाका विदेशमन्त्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारे छलफल



काठमाडौं: परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ ।

बिहीवार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रिय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदले बताउनु भयो । उहाँले छलफलमा दुई पक्षिय सम्बन्धहरुको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशनका बारेमा छलफल भएको बताउनु भयो । उहाँले संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षिय फोरमहरुमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘श्रीलंकाका विदेशमन्त्रीको नेपाल भ्रमणको आज दोस्रो दिन छ । यो हाम्रो ज्वइन्ट कमिसनको बैठक भएको हुनाले यसमा दुई पक्षिय सम्बन्धहरुको पुनरावलोकन, व्यापार र लगानीका बारेमा कुराकानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशन जस्ता दुई पक्षिय विषयहरुमा गम्भीर र सौहद्रपूर्ण वातावरणमा छलफल भएको छ । क्षेत्रिय संगठनहरु, विशेष गरेर सार्क र बिमस्टेकलाई आउँदा दिनमा बलियो बनाउँदै लैजाने र सबै राष्ट्रका बीचमा सहमति बनाएर अघि बढ्ने बारेमा पनि कुरा भएको छ । संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षिय फोरमहरुमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको छ । दुवै देशको आपसी समझदारी र स्वार्थका क्षेत्र पहिल्याएर त्यसमा सहकार्य गर्ने बारेमा छलफल भएको छ । परम्परागत रुपमा श्रीलंका र नेपाल दुवै मित्रराष्ट्रका रुपमा अत्यन्त घनिष्ठ सम्बन्ध भएका मित्रराष्ट्रका रुपमा रही आएका छन् । हाम्रो बीचमा धेरै पक्षमा सहयोगको आदानप्रदान हुँदै आएको छ र नेपालले श्रीलंकासँगको सम्बन्धलाई ठूलो महत्व दिँदै आएको छ ।’

पत्रकार सम्मेलनमा बोल्दै श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य गरेर जाने बारेमा छलफल भएको बताउनु भयो । उहाँले सार्क र बीमस्टेक लगायतका क्षेत्रिय कार्यक्रमहरुमा विशेष जोड दिइ अघि बढ्ने बारेमा पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल र श्रीलंका धेरै नजिकका मित्र हुन् । लामो समयदेखिका साथी हुन् । हामीले धेरै कुराहरुमा एकआपपसमा समझदारी सहकार्य गर्दै आइरहेका छन् । अब झनै सम्बन्ध बिस्तारका लागि हामी आफ्ना सहकार्य अघि बढाइरहेका छौँ । शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका धेरै क्षेत्रमा हामीले सहकार्य गर्नेछौँ । सार्क र बीमस्टेक लगायतका क्षेत्रिय कार्यक्रमहरुमा हामीले विशेष जोड दिँदै आइरहेका छौँ । हामी नेपालमा घुम्न आउनका लागि श्रीलंकाली नागरिकहरुसँग विशेष पहल र अपिल गर्नेछु, आशा छ, नेपालले पनि श्रीलंका जानका लागि सोही पहल गर्नेछ । आजको छलफल धेरै नै राम्रो भयो । दुई देशबीचको सम्बन्ध बिस्तारका बारेमा हामीले आज धेरै नै महत्वपूर्ण छलफल गरेका छौँ ।’

पर्यटन प्रवद्र्धनका लागि नेपाल र श्रीलंकाबीच थप सहकार्य गर्नेबारेमा पनि छलफल भएको बताउनु भयो । दुई देशबीचको सम्बन्ध बिस्तारका बारेमा पनि छलफल भएको उहाँको भनाइ छ ।