२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप कर्मचारीको आर्थिक सहयोग



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक स्व. सुदेशकुमार रिमालको परिवारलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

राखेपमा कार्यरत स्थायी कर्मचारीको फागुन महिनाको तबलबाट प्रति कर्मचारी १.५ प्रतिशत तलब कट्टा गरी हुन आउने २ लाख ९ हजार ३३ रुपैयां छयालीस पैसा स्व. रिमालका परिवारलाई हस्तान्तरण गरिएको हो । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले स्व. रिमालकी धर्मपत्नी रश्मीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

भलिबलका वरिष्ठ प्रशिक्षक समेत रहनुभएका रिमालको गत पुस ११ गते निधन भएको थियो । राखेपमा वाहल रहेकै अवस्थामा कुनैपनि कर्मचारीको मृत्यु भएमा स्थायी कर्मचारीको एक महिनाको १.५ प्रतिशत तलब कट्टा गरी परिवारलाई विगत १० वर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउदै आइएको छ ।