२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पदा क्षेत्र सार्वजनिक खरिद ऐन, २०६३ अनुसार निर्माण नगरौँ: मेयर महर्जन



अ+ अ-

काठमाडौँ । ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने बताउनुभएको छ ।

सोमवार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ललितपुरमा तीन ठाउँमा बन्न लागेका फ्लाइ ओभरहरु सबै एक चरणमा बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सम्पदा शहरका मन्दिर, देवालयहरु टेण्डर बनाएर काम काम सम्पन्न हुनै धेरै समय लाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ग्वार्कोको पm्लाइ ओभर छिटो बनोस् । यहाँको ट्राफिक व्यवस्थापन यति अस्तव्यवस्त भयो की कुरा गरेर साध्य छैन । एकान्तकुना, ग्वार्कोसहितका तीन वटा पुल एकैपटक बनाऔँ । चाहे २४ वा ३० महिना लागोस् । त्यसको लागि एउटा पुल बनाउन ललितपुर महानगरपालिकाले लगानी गर्नेछ । म प्रधानमन्त्रीज्युलाई आग्रह गर्दछु । यही वर्षमा १२ करोड र अर्को वर्षमा १२ करोड राखाँै सकिन्छ । तर एकै पटकमा सबै सक्नुपर्छ । यो सम्पदा शहरका मन्दिर, देवालयहरु टेण्डर बनाएर काम गर्दा केही हुँदैन । सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग नगरी बनाएका मन्दिरहरु छिटो बनेका छन् । यो ठूलो कुरा हो । सार्वजनिक खरिद ऐन, २०६३ लगाए कुनैपनि मन्दिर बन्दैनन् । सम्पदा क्षेत्र निर्माणका लागि सार्वजनिक खरिद ऐन नलगाइदिनुस् ।’

मेयर महर्जनले ओखरपौवाका जनतालाई काठमाडौं उपत्यकाका मानिसले पाप दिएको जस्तो भएको भन्दै त्यसो गर्नु नहुने बताउनु भयो । उहाँले दीर्घकालीन रुपमा काठमाडौं उपत्यकाको फोहोर चाँडो व्यवस्थापन गर्न आवश्यक रहेको बताउनु भयो ।

 




भर्खरै