२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने



अ+ अ-

इस्लामाबाद। इरानका गृहमन्त्री एस्कान्दर मोमेनी सोमबार अमेरिका–इरान युद्धमा मध्यस्थता गरिरहेको पाकिस्तानको राजधानी आउने हुनेभएको पाकिस्तानी गृह मन्त्रालय स्रोतले सोमबार जानकारी गराएको छ ।

स्रोतका अनुसार मन्त्री मोमेनीले पाकिस्तानी अधिकारीहरूसँग युद्ध मध्यस्थताको पछिल्लो अवस्थाबारे जानकारी लिनुहुनेछ । यो भ्रमण पाकिस्तानले लामो समयदेखि गरिरहेको अमेरिका र इरानबीचको लडाइँ रोक्ने मध्यस्थता प्रयाससँग जोडिएको वार्ता भएको वताए पनि यसबारे मन्त्री मोमेनीले विस्तृत जानकारी दिनुभएन ।

इरानको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले इरानमा सैन्य हमला गरे पनि अमेरिकासँग मध्यस्थकर्तामार्फत कूटनीतिक प्रयास जारी राख्ने सोमबार बताउनुभयो ।

पाकिस्तानले युद्धरत राष्ट्रहरूलाई हिंसा रोक्न र गत महिना आफूले मध्यस्थता गरेको समझदारी पत्रअन्तर्गत वार्ता पुनः सुरु गर्न प्रोत्साहन दिने गत हप्ता बताएको थियो । यो अन्तरिम समझदारी र युद्धलाई स्थायी रूपमा रोक्ने सम्भावित बाटो यो महिना नयाँ लडाइँ सुरु भएपछि अन्योलमा परेको छ ।

मोमेनीले पहिले पनि मध्यस्थता वार्तामा भाग लिइसक्नुभएको छ र पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इरान भ्रमणका क्रममा उहाँसँग भेट गर्नुभएको थियो । (रासस/एएफपी)