१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी
अ अ+ अ-

काठमाडौँ। सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र छिटो बनाउने उद्देश्यले मोबाइल फोन प्रसारण प्रणाली (सेल ब्रोडकास्ट ) लागू गर्ने भएको छ ।

आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षतामा गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीको उपस्थितिमा ‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारीका विषयमा छलफल भएको हो । छलफलमा विपद् व्यवस्थापन तथा दूरसञ्चारसँग सम्बन्धित सङ्घीय मन्त्रालय र सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्राधिकरणका अनुसार मोबाइल फोन प्रसारण प्रणाली एकीकृत पूर्वसूचना प्रणालीको महत्वपूर्ण अङ्ग हो ।  यस प्रणालीमार्फत मोबाइल सञ्चारको ‘रेडियो एक्सेस नेटवर्क’ प्रयोग गरी जोखिमयुक्त भौगोलिक क्षेत्रमा रहेका सबै नागरिकको फोनमा एकैपटक विपद्को चेतावनीसहित सन्देश पठाउन सकिने प्राधिकरणले जनाएको छ ।

बैठकमा उपस्थित जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीले हालसम्म विपद् पूर्वसूचनाका लागि टोल-फ्री सेवा र एसएमएस प्रणाली प्रयोग गरिँदै आइएको जानकारी दिनुभयो । उहाँले एसएमएस प्रणालीमा सन्देश ढिलो पुग्ने, कतिपय प्रयोगकर्ताले सन्देश नहेर्ने तथा डेलिभरी हुन घण्टौँ समय लाग्ने समस्या रहेको बताउनुभयो ।

“सेल ब्रोडकास्ट प्रणाली लागू भएपछि जोखिम क्षेत्रमा रहेका सबै नागरिकको मोबाइलमा एकैसाथ चेतावनी सन्देश पुग्छ”, पराजुलीले भन्नुभयो, “मोबाइलमा साइरनजस्तै विशेष ध्वनि बज्ने भएकाले प्रयोगकर्ताले सन्देश नहेरेसम्म पनि ध्यानाकर्षण हुन्छ । यसले रातिको समयमा नागरिकलाई समयमै सचेत गराउन मद्दत पुग्छ ।”

उहाँका अनुसार यो प्रणालीबाट लाखौँ नागरिकलाई एकैपटक सूचना प्रवाह गर्न सकिनेछ । बाढीपहिरो मात्रै नभई अन्य प्राकृतिक तथा मानवीय विपद्का बेला पनि यही प्रणालीमार्फत पूर्वचेतावनी पठाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

पराजुलीका अनुसार गतवर्षदेखि यस प्रणालीको सम्भाव्यता अध्ययन भइरहेको थियो । प्रारम्भिक अनुमानअनुसार प्रणाली कार्यान्वयनका लागि रु ४० करोडदेखि रु ७५ करोडसम्म लागत लाग्न सक्नेछ । यस विषयमा सम्बन्धित सरकारी निकायबीच आवश्यक समन्वय र थप प्राविधिक छलफल भइरहेको उहाँले बताउनुभयो । रासस