१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

‘अवरूद्ध राजमार्ग सञ्चालनका लागि पहिरो पन्छाउने काम प्राथमिकतामा’

‘अवरूद्ध राजमार्ग सञ्चालनका लागि पहिरो पन्छाउने काम प्राथमिकतामा’
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। सडक विभागले वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न स्थानमा अवरूद्ध राजमार्ग सञ्चालनलाई प्राथमिकतामा राखी पहिरो पन्छाइने जनाएको छ ।

सडक विभागले मनसुन सक्रिय भएसँगै जोखिमयुक्त राजमार्ग तथा सडकमा पहिरो गए तत्काल हटाएर यातायात सञ्चालन गर्ने गरी आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको हो ।

विभागका प्रवक्ता श्यामबहादुर खड्काले बाढीपहिरोका कारण अवरूद्ध रहेको राजमार्गलाई सहज रूपमा जतिसक्दो छिटो सञ्चालनमा ल्याउनका लागि पहिरो पन्छाउने कार्यलाई प्रथामिकतामा राखिएको बताउनुभयो । “कतिपय राजमार्गमा ठूला पहिरो जाँदा पन्छाउन समय लाग्ने, निरन्तर वर्षाका कारण थप चुनौतीपूर्ण भइरहेको छ । कतिपय स्थानमा राजमार्ग आसपास बस्ती रहेकाले डोजर लगाउन समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “पहिरोको सम्भावित जोखिम भएका क्षेत्रमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राखिएका छन् ।”

नेपाल प्रहरीका अनुसार मुलुकका १० राजमार्ग अझै अवरूद्ध छन् । प्रहरीका अनुसार बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सञ्चालन हुने सम्पूर्ण सवारीसाधन पूर्ण रूपमा रोक लगाइएको छ । मकवानपुरस्थित कान्ति लोकपथमा वर्षातका कारण हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सबै किसिमका सवारीसाधनलाई रातिको समयमा सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ ।

यसैगरी इलामस्थित मेची राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ । अर्घाखाँचीको सालझन्डि-ढोरपाटन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको नेपाल प्रहरीकोे तथ्याङ्कमा उल्लेख छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्ड, रोल्पा-रुकुम-घोराही सहिदमार्ग, खोटाङस्थित मध्यपहाडी लोकमार्ग, चितवन इच्छाकामना गाउँपालिका-३ फिस्लिङस्थित पृथ्वीराजमार्ग, ताप्लेजुङको मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका नेपाल प्रहरीले जनाएको छ ।