९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

पुँजीबजार सुधार गर्न लगानीकर्ताका जायज माग कार्यान्वयन गर्ने प्रधानमन्त्रीको आश्वासन

पुँजीबजार सुधार गर्न लगानीकर्ताका जायज माग कार्यान्वयन गर्ने प्रधानमन्त्रीको आश्वासन
अ अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र साहले लगानीकर्ताको जायज मागहरु सम्बोधन गरी पुँजीबजार सुधार गर्ने आश्वासन दिनुभएको छ ।
सोमवार पुँजी बजारका नियामक निकाय, ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री साहले लगानीकर्ताको जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको हो । सरकारले पुँजीबजार सुधारका लागि उठाइएका जायज माग कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री साहसँगको भेटपछि स्टक ब्रोकर एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार फोरमका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रधानमन्त्री साहसँग बजारलाई सन्तुलित बनाउन संस्थागत लगानीकर्ताको भुमिका विस्तार, कर प्रणालीमा सुधार, ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालनका लागि आवश्यक नियामकीय व्यवस्था, गैरआवासीय नेपाली (एनआरएन)लाई छिटो पुँजीबजारमा प्रवेश गराउने व्यवस्था तथा स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधिमैत्री बनाउने विषयमा छलफल भएको थियो । आईपीओ प्रणालीमा सुधार गर्दै १० कित्ते नीति हटाएर योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियालाई प्राथमिकता दिनुपर्ने, इन्ट्राडे कारोबार शुरु गरी बजारको तरलता र कारोबार परिमाण बढाउनुपर्ने लगायतको माग आफूहरुले राखेको उहाँले जानकारी दिनुभयो ।

लगानीकर्ताको घाटा समायोजनको व्यवस्था गरेर मात्रै शेयर बजारमा कर लगाउने प्रणाली लागू गर्न पनि आग्रह गरेको बताउनु भयो । पूर्वअध्यक्ष रेग्मीकाअनुसार प्रधानमन्त्री साहले यी सबै विषय गम्भीरतापूर्वक लिनुभएको छ । नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, सीडीएसलगायत नियामक तथा बजार सञ्चालक निकायसँग छलफल गरेर आवश्यक सुधार गर्ने प्रतिवद्धता प्रधानमन्त्री साहले जनाउनुभएको उहाँले जानकारी दिनुभयो ।

नियामक निकायका प्रमुखहरूले पनि छलफलमा पुँजी बजारमा सुधार आवश्यक रहेको विषयमा सहमति जनाएकोले आफूहरुको माग सम्बोधन हुनेमा आशावादी रहेको पूर्वअध्यक्ष रेग्मीले बताउनुभयो । प्रधानमन्त्री साहले लगानीकर्तालाई अनावश्यक त्रासमा नपरी ढुक्क भएर लगानीका गतिविधि अघि बढाउन आग्रह गरेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री साहले पुँजी बजारले रोजगारी सिर्जना र राजश्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्रीको सक्रियताप्रति आफूहरू उत्साहित रहेको र पुँजीबजारमा देखिएका समस्याहरु समाधान हनेमा विश्वस्त रहेको लगानीकर्ताहरुको भनाई छ ।