१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

उपत्यकाको ढल निकास सुधार्न दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड

उपत्यकाको ढल निकास सुधार्न दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड
अ अ+ अ-

काठमाडौँ। काठमाडौं उपत्यकामा वर्षायाममा देखिने ढल निकास तथा पानी जम्ने समस्या समाधानका लागि सरोकार भएका निकायबीच छलफल भएको छ ।

आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरोकार भएका निकायबीच भएको छलफलमा उपत्यकामा ढल निकासको समस्याका कारण बर्सेनि मनसुनको अवधिमा डुबानको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिइएको हो ।

छलफलमा विशेषगरी वर्षायाममा हुने डुबान तथा पानी निकासको समस्या समाधान गर्न दीर्घकालीन उपायबारे विस्तृत समीक्षा गरिएको थियो । सहभागीहरूले तत्काल, अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गरी समन्वयात्मक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा ढल निकास प्रणालीको सुधार, सडक निर्माण तथा मर्मतसम्भारका क्रममा पानी निकासलाई प्राथमिकतामा राख्ने, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी बढाउने तथा सम्बन्धित निकायबीच नियमित समन्वय कायम गर्ने विषयमा छलफल भएको प्राधिकरणको प्रवक्ता शान्ति महतले जानकारी दिनभुयो ।

छलफलमा पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, जल तथा मौसम विज्ञान विभाग, काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

महतका अनुसार सहभागीहरूले उपत्यकामा प्रत्येक वर्ष दोहोरिने डुबान र ढल निकास समस्याको दिगो समाधानका लागि सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्दै योजनाबद्ध रूपमा पूर्वाधार सुधारका काम अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।  रासस