४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गरेको राम्रो कामको मूल्याङकन भएन: प्रधानमन्त्री



अ+ अ-

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र विरोधीहरूले नकारात्मक भाष्य निर्माण गरी भ्रम छर्ने काम गरेको बताउनुभएको छ ।

सोमबार ललितपुरको महानगरपालिकाको १०५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नकारात्मक सोच अन्त्य गरी सकारात्मक सोच राख्न आग्रह गर्नुभयो ।

जति राम्रो गरे पनि राम्रो कामको मूल्याङकन नहुने बताउदै प्रधानमन्त्रीले भन्नुभयो, ‘परिवर्तनका विरोधी शक्तिहरूले खाली नकारात्मक भाष्य सिर्जना गरी भ्रम छरेका छन् । त्यसकै लहैलहैमा परिर्वतनका पक्षधर पनि लागेको देख्दा मलाई दु:ख लागेको छ । गलत सोचको फेसन बसेपछि जति राम्रो गरे पनि राम्रो कामको मूल्याङकन हुँदो रहेनछ । सरकारले कामै नगरेको हो र? विरोधीहरूकै लहैलहैमा लागेर परिर्वतनका पक्षधर पनि केही नै भएको छैन । देश बस्न लायक छैन भन्दा दु:ख लाग्छ ।’

यस्तै नेपालमा अवसर नपाएर रोजगारीका लागि बिदेसिने कुरा असत्य रहेको उहाँको भनाई छ । ‘सरकारले धेरै गरेको छ । एक वर्ष पुगेको अवसरमा सरकार अर्कै ढंगले जाने कुराको जानकारी म यहाँ गराउन चाहन्छु । तर विरोधीले प्रचार गरे जस्तो नेपाल बस्न लायक छैन त ? के यहाँ काम नपाएर युवाहरू बिदेसिएका हुन् त ?’ प्रधानमन्त्रीले भन्नुभयो, ‘यहाँ उत्पादनको अवसर, रोजगारीको अवसर हुँदा हुँदै पनि दु:खको बाटो रोजेर बिदेसिएका छन् । कतिपय देशमा अवसर हुँदाहुँदै पनि लहैलहैमा बिदेसिएका छन् । आफ्ना परिवारसँग बसेर देशमै केही गर्न सकिन्छ ।’