२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गरेको राम्रो कामको मूल्याङकन भएन: प्रधानमन्त्री



अ+ अ-

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र विरोधीहरूले नकारात्मक भाष्य निर्माण गरी भ्रम छर्ने काम गरेको बताउनुभएको छ ।

सोमबार ललितपुरको महानगरपालिकाको १०५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नकारात्मक सोच अन्त्य गरी सकारात्मक सोच राख्न आग्रह गर्नुभयो ।

जति राम्रो गरे पनि राम्रो कामको मूल्याङकन नहुने बताउदै प्रधानमन्त्रीले भन्नुभयो, ‘परिवर्तनका विरोधी शक्तिहरूले खाली नकारात्मक भाष्य सिर्जना गरी भ्रम छरेका छन् । त्यसकै लहैलहैमा परिर्वतनका पक्षधर पनि लागेको देख्दा मलाई दु:ख लागेको छ । गलत सोचको फेसन बसेपछि जति राम्रो गरे पनि राम्रो कामको मूल्याङकन हुँदो रहेनछ । सरकारले कामै नगरेको हो र? विरोधीहरूकै लहैलहैमा लागेर परिर्वतनका पक्षधर पनि केही नै भएको छैन । देश बस्न लायक छैन भन्दा दु:ख लाग्छ ।’

यस्तै नेपालमा अवसर नपाएर रोजगारीका लागि बिदेसिने कुरा असत्य रहेको उहाँको भनाई छ । ‘सरकारले धेरै गरेको छ । एक वर्ष पुगेको अवसरमा सरकार अर्कै ढंगले जाने कुराको जानकारी म यहाँ गराउन चाहन्छु । तर विरोधीले प्रचार गरे जस्तो नेपाल बस्न लायक छैन त ? के यहाँ काम नपाएर युवाहरू बिदेसिएका हुन् त ?’ प्रधानमन्त्रीले भन्नुभयो, ‘यहाँ उत्पादनको अवसर, रोजगारीको अवसर हुँदा हुँदै पनि दु:खको बाटो रोजेर बिदेसिएका छन् । कतिपय देशमा अवसर हुँदाहुँदै पनि लहैलहैमा बिदेसिएका छन् । आफ्ना परिवारसँग बसेर देशमै केही गर्न सकिन्छ ।’