२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१३ जुनियर क्रिकेट लिग हुने



अ+ अ-

काठमाडौं। एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टर, मनमैजुको आयोजनामा यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल जुनियर क्रिकेट लिग– २ चैत २७ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ८ देखि १२ छात्रा टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका कार्यकारी अध्यक्ष खिमबहादुर थापाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । 

एन्जल्स हार्ट नेसनल स्कुलको प्रमुख प्रायोजनमा हुन लागेको प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइने छ । यसअघि आयोजकले यु–१६ क्रिकेट पनि आयोजना गरिसकेको छ । यु–१३ उमेरसमूहको प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । आगामी दिनमा प्रतियोगितालाई अझ परिस्कृत गर्दै लैजाने बताइएको छ ।

एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले निजी क्षेत्रबाट विभिन्न संघ संस्थासंग सहयोग र हातेमालो गरी सानो उमेरसमूहका नव प्रतिभावान खेलाडीहरुको पहिचान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी निर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ट्वान्टी– २० फर्मेटमा हुने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एकेडेमीकै हातामा हुनेछ ।