![](https://newspolar.com/wp-content/uploads/2023/12/environment-DSC_5412-16-scaled.jpg)
प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवद्र्धन गर्न मानिसले बिर्सिसके । तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन । समायानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ । त्यसैले त प्रकृतिको यो स्वरुपलाई सबैले मन पराउँछन् ।
समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारुप हो । तर प्रकृतिको दोहन बिस्तारै बढीरहेको छ । उन्नति, सुविधा, प्रतिष्ठा र विश्वमा हैकम जमाउने लोभमा प्रकृति कुपित पार्ने क्रम बढ्दै जाँदा आज मानव सभ्यता सङ्कटमा पर्न थालेको छ । पृथ्वीलाई जोगाउन र यसका सबै संरचनालाई अनुकुल वातावरण दिन भनेर अनेक प्रतिवद्धता भएका छन् । ‘क्योटो सम्मेलन’ देखि पेरिस सम्झौतासम्म आइपुग्दा जलवायु परिवर्तन कम गर्न केही न केही त भएकै छन् तर त्यो पर्याप्त छैन ।
जबसम्म मानिस प्रकृतिसँग निकट रहेर प्रकृति संरक्षण गर्दै आफ्नो जीवन निर्वाह गर्दथे, तबसम्म प्रकृति कुपित भएको थिएन । आजभोलि प्रकृति कुपित छ–बेसमयमा बाढी पहिरोको चपेटामा मानव समुदाय परिरहेको छ । विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन बिग्रन थालेको हो । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले तयार पारेको प्रकृति दोहनसम्बन्धी यी तस्बिरहरु ।
![](https://newspolar.com/wp-content/uploads/2023/12/environment-DSC_5412-13-scaled.jpg)
![](https://newspolar.com/wp-content/uploads/2023/12/environment-DSC_5412-14-scaled.jpg)
![](https://newspolar.com/wp-content/uploads/2023/12/environment-DSC_5412-15-scaled.jpg)
![](https://newspolar.com/wp-content/uploads/2023/12/environment-DSC_5412-17.jpg)
![](https://newspolar.com/wp-content/uploads/2023/12/environment-DSC_5412-18-scaled.jpg)
![](https://newspolar.com/wp-content/uploads/2023/12/environment-DSC_5412-19-scaled.jpg)
![](https://newspolar.com/wp-content/uploads/2023/12/environment-DSC_5412-20-scaled.jpg)
![](https://newspolar.com/wp-content/uploads/2023/12/environment-DSC_5412-21-scaled.jpg)
![](https://newspolar.com/wp-content/uploads/2023/12/environment-DSC_5412-22-scaled.jpg)
![](https://newspolar.com/wp-content/uploads/2023/12/environment-DSC_5412-23-scaled.jpg)
![](https://newspolar.com/wp-content/uploads/2023/12/environment-DSC_5412-24-scaled.jpg)
![](https://newspolar.com/wp-content/uploads/2023/12/environment-DSC_5412-25-scaled.jpg)