२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्‍वकप छनोट : नेदरल्यान्ड्स फेरि जितको बाटोमा



अ+ अ-

पेरिस । शनिबार नेदरल्यान्ड्सले लाट्भियालाई २–० ले हराएर फेरि जितको बाटोमा फर्केको छ । टर्कीविरुद्धको पहिलो विश्वकप छनोट खेल गुमाएको डच टिमले लाट्भियाविरुद्ध भने प्रभावशाली प्रदर्शन गर्न सफल रह्यो ।

त्ययसमा स्टेभेन बेरघुइस र लुक डे जोङ गोल गरे । यसै खेलमा फ्रान्सकी स्टेफानी फ्रापोर्ट विश्वकप छनोट खेलाउने पहिलो महिला रेफ्री पनि भएकी छिन् । उनले यसअघि युरोपेली क्लब खेल खेलाइसकेकी छिन् ।

लिभरपुलका डिएगो जोटाको दुई गोलमो पोर्चुगलले अर्को खेलमा सर्बियासँग २–२ को बराबरी खेलेको छ । क्रिस्टियानो रोनाल्डोले इन्ज्युरी समयमा गरेको गोलले भने मान्यता पाएन । अन्य खेलमा क्रोएसियाले साइप्रसलाई १–०, रुले स्लोभेनियालाई २–१ र टर्कीले नर्वेलाई ३–० ले हरायो । चेक गणतन्त्र र बेल्जियमले भने १–१ को बराबरी खेले ।