३ भाद्र २०८३, बुधबार
,
Latest
एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी वागमतीमा एमालेका किरण थापालाई राप्रपाको समर्थन छैन : अध्यक्ष लिङ्देन सरकारको कार्यशैली र बजेटप्रति कांग्रेस सांसद केसीको आपत्ति विपद् व्यवस्थापन र सुशासनको सवालमा सरकार असफल भएको सांसद शाहको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्सले गर्यो १८० चिनियाँलाई देश निकाला



अ+ अ-

मनिला । फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् ।

अक्टोबरमा गरिएको कारबाहीका क्रममा एउटा परिसरभित्र भेटिएका करिब छ सय मानिसमा चिनियाँ, कोरियाली, भियतनामी र फिलिपिनो नागरिक रहेका थिए । सेक्स खेलौना, एउटा मसाज पार्लर, साङ्गीतिक धुनसँग गीत गाउने कोठा र एउटा रेस्टुरेन्ट एक व्यवसायद्वारा सञ्चालित उक्त भवनमा फेला परेको थियो । उक्त व्यवसायले इन्टरनेट गेमिङ कम्पनीका रूपमा इजाजत प्राप्त गरेको अधिकारीहरूले बताएका छन् । छापा मार्ने क्रममा धेरै महिलाको ‘उद्धार’ गरिएको प्रहरीले बताएको छ ।

राष्ट्रपतिको सङ्गठित अपराधविरोधी आयोगका उपसचिव गिल्बर्टो क्रुजले एएफपीलाई भन्नुभयो, “चिनियाँ नागरिकसँग वर्क परमिट (काम गर्ने अनुमति) थिएन र उनीहरू ‘अनलाइन घोटालामा’ संलग्न थिए ।” छापामा पक्राउ परेका थप विदेशीहरूलाई आगामी साताहरूमा देश निकाला गरिने उहाँले जानकारी दिनुभयो ।

एसिया–प्रशान्त क्षेत्रमा इन्टरनेट घोटालाहरूबारे अन्तर्राष्ट्रिय चिन्ता बढिरहेको छ । यसमा प्राय तस्करीका पीडितहरूलाई धोका दिइन्छ र फर्जी क्रिप्टो लगानीलाई बढावा दिनका लागि बाध्य पारिन्छ ।

फिलिपिन्सका सिनेटर रिसा होन्टिभेरोसले फिलिपिन्समा ‘घोटाला कल सेन्टर’ सञ्चालन भइरहेको र मुलुकमा बेचबिखन गरी ल्याइएका विदेशीहरूलाई ती कल सेन्टरले रोजगारी दिन्छन् भनेर यसअघि नै चेतावनी दिनुभएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले उसको सन् २०२३ मानव तस्करी प्रतिवेदनमा फिलिपिन्सले मुलुकभित्र हुने गरेको श्रम तस्करी अपराधहरूको कडा अनुसन्धान वा मुद्दा चलाएको छैन भनेको छ । “भ्रष्टाचार र तस्करीको अपराधहरूमा आधिकारिक संलग्नता महत्त्वपूर्ण चिन्ताको विषय बनेको छ”, प्रतिवेदनमा भनिएको छ । रासस