३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मी पनि बराबरीमा रोकियो



अ+ अ-

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब किर्गिस्तानको यु–२३ टोलीसँग मैत्रिपूर्ण खेलमा गोल रहित बराबरीमा रोकिएको छ । 

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्बलले प्रतिस्पर्धात्मक खेल खेल पनि गोल गर्न भने असफल रह्यो । खेल अवधिभर दुबै टोलीले राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न चुके ।

घरेलु दर्शकको साथ पाएको आर्मी क्लबले सुरुआतबाट नै आक्रामक खेल खेलेको थियो । खेलको पहिलो मिनेटमै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडर किर्गिस्तानका गोलकिपर प्रियादकिन आर्तिमले उत्कृष्ट बचाउ गर्दा आर्मीले अग्रता लिने मौका गुमेको थियो । त्रिदेशिय फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेल बंगलादेशसँग हारेको किर्गिस्तानले आर्मीविरुद्ध सुधारिएको खेल देखाएको थियो । २६ औं मिनेटमा १८ यार्डबाट अभिलोभ अर्नाजको भली प्रहार पोस्ट बारमा लागेर फर्किदा किर्गिस्तान अग्रता बनाउन असफल भएको थियो ।

४७ औं मिनेटमा विवेक बस्नेतले पेनाल्टी क्षेत्र बाहिर पाएको अवसर सदुपयोग गर्न सकनेन । अनमार्क रहेका उनको प्रहार गोल पोस्ट माथिबाट बाहिरिएको थियो । खेलको ७३ औं मिनेटमा पेनाल्टी भित्रबाट नवयुग श्रेष्ठको प्रहार फितलो भएको थियो । ८५ औं मिनेटमा किर्गिस्तानले गोलका लागि अवसर सिर्जना गरे पनि अग्रतपंत्तिले सदुपयोग गर्न सकेनन् ।

एएफसी कप–२०२१ अन्तर्गत आर्मीले प्ले अफमा श्रीलंका पुलिससँग चैत २५ गते प्रतिस्पर्धा गर्दैछ । अनुभव बटुल्नका लागि भएको मैत्रिपूर्ण खेलमा आर्मी नियमित स्ट्राइकर भरत खवास र गोलकिपर विकेशी कुथु विना मैदान उत्रिएको थियो ।

पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । आर्मीले भारतको टोलीसँग बैशाख १ गते खेल्नेछ । भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मी बैशाख ८ गते प्रतिस्पर्धा गर्नेछ । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल्न लागेको हो । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन हुने टोलीले मौका पाउँने भए पनि मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।