• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

अध्यक्ष ओलीद्वारा खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन गर्नुभएको छ ।

झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा खोटाङ पुग्नुभएका ओलीले बुधवार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ मा रहेको सो खानेपानी योजनाको उद्घाटन गर्नुभएको हो ।

कुल ११ करोड रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनाको पहिलो स्किमको काम सकिएपछि उद्घाटन गरिएको हो । सो आयोजनाका ४ सय २० लाभान्वित घरधुरी रहेका छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि शुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ ।