१६ भाद्र २०८३, मंगलवार
,
Latest
काभ्रेका सात स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड बढी सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावमा गरेका घोषणाअनुसार काम नहुँदा जनता निराश छन्: अध्यक्ष तिमिल्सिना (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुले चुनावमा गरेका घोषणा र प्रतिवद्धताहरुको पूर्ण पालना नगर्दा नागरिकहरु निराश भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चुनावमा दलहरुले जारी गरेका घोषणापत्र र उम्मेदवारहरुले गरेको प्रतिवद्धताहरु पूरा नहुँदा नागरिकहरु राजनीतिप्रति असन्तुष्ट रहेको बताउनु भयो । उहाँले बोलेको कुरा पूरा नगर्दा समाजमा समस्या पैदा भएको बताउनु भयो । उहाँले सत्तामा हुँदा एउटा र प्रतिपक्षमँ हुँदा अर्कै कुरा बोल्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुनावमा घोषणा पत्र दलहरुले जारी गर्दछन्, उम्मेदवारहरुले विकास, समृद्धि, सुशासन, न्याय आदि इत्यादी भत माग्दा भाषण गर्ने गर्छौं । जे बोल्छाँै, त्यो गरिदिए हुन्छ । यहाँ त जे बोल्छौँ त्यो नगर्ने कुरा भएको हुँदा बिग्रिएको छ । त्यसैले हामी जे बोल्छौँ, त्यो गर्नुपर्छ । सत्तामा हुँदा एउटा कुरा हुन्छ, त्यहीँ प्रतिपक्षमा हुँदा अर्को हुन्छ । त्यो भनेको जे बोल्छौँ, त्यो नगरेर हो नि । मत माग्दा के भनेको छ, पाएर जितिसकेपछि अर्को भइदिएको छ । हामी गर्नसक्ने कुरा बोलौँ, बोलेको कुरा गरौँ ।’

अध्यक्ष तिमिल्सिनाले आम नागरिकको दैनिकिसँग जोडिने विषयवस्तुमा सरकारले विशेष ध्यान दिइ कामकारबाही गर्न आवश्यक रहेको बताउनु भयो ।