११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी– तस्बिरहरु

निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी– तस्बिरहरु
अ अ+ अ-

काठमाडौँ । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्धको धर्ना ८ औँ दिनपनि जारी छ ।

नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा बिरोधको कार्यक्रम जारी राखेको हो । बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो ।

नागरिक उड्ययन प्राधिकरणको सो निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष डा. ऋषिकेश पन्थीले निजी हवाईजहाजसँग कमिसन खाएर राष्ट्रिय ध्वजावाहक जहाजलाई कमजोर बनाउन नहुने बताउनु भयो । उहाँले नेपाल वायुसेवा निगमले कमाएको पैसा मुलुकभित्रै परिचालन हुने र पूँजि पलायन नहुने भन्दै यसले अर्थतन्त्रको विकासमा सघाउ पुर्‍याउने बताउनु भयो । उहाँले आफूहरुले पूँजि पलायन रोक्नका लागि आन्दोलन गर्नुपरेको बताउनु भयो । उहाँले आफूहरुको आन्दोलन राष्ट्रियताको आन्दोलन भएको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘निजी हवाइजहाज सबैसँग कमिसन खाने अनि राष्ट्रिय ध्वजावाहकलाई कमजोर बनाउन पाइन्छ ? पाइँदैन । यो नागरिकको संस्था हो । आज हामीले कमाएको पैसा यो मुलुकभित्र परिचालन हुने हो । अर्थतन्त्र विदेशी पुँजि पलायन हुँदैन । हामीले कमाएको पैसा यो मुलुकको समृद्धिमा लगानी गर्ने हो । यो मुलुकको विकास निर्माणमा लगानी गर्ने हो । नागरिकलाई सुविधा दिन लगानी गर्ने हो । त्यसैले यो पुँजि पलायन रोक्नका लागि पनि आन्दोलन हो । यो राष्ट्रियताको आन्दोलन हो । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको थ्रेट छ । यो राष्ट्रिय सुरक्षा र स्वतन्त्रताको प्रश्न जोडिएको विषय हो । डाटा सेक्युरिटीको कुरा हुन्छ । त्यसैले यो अन्तर्राष्ट्रियलाई दिने खेल ठूलो चलखेलमा भएको छ ।’

उहाँले आफूहरु विगत ८ दिनदेखि आन्दोलित हुँदापनि विभागिय मन्त्रीले कुनै चासो नदेखाएको बताउनु भयो । उहाँले आफूहरुको माग सम्बोधनका लागि सरकार र विभागिय मन्त्री जिम्मेवार नबनेको भन्दै निरन्तर आन्दोलनमा जाने बताउनु भयो ।