• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड

निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी– तस्बिरहरु



काठमाडौँ । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्धको धर्ना ८ औँ दिनपनि जारी छ ।

नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा बिरोधको कार्यक्रम जारी राखेको हो । बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो ।

नागरिक उड्ययन प्राधिकरणको सो निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष डा. ऋषिकेश पन्थीले निजी हवाईजहाजसँग कमिसन खाएर राष्ट्रिय ध्वजावाहक जहाजलाई कमजोर बनाउन नहुने बताउनु भयो । उहाँले नेपाल वायुसेवा निगमले कमाएको पैसा मुलुकभित्रै परिचालन हुने र पूँजि पलायन नहुने भन्दै यसले अर्थतन्त्रको विकासमा सघाउ पुर्‍याउने बताउनु भयो । उहाँले आफूहरुले पूँजि पलायन रोक्नका लागि आन्दोलन गर्नुपरेको बताउनु भयो । उहाँले आफूहरुको आन्दोलन राष्ट्रियताको आन्दोलन भएको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘निजी हवाइजहाज सबैसँग कमिसन खाने अनि राष्ट्रिय ध्वजावाहकलाई कमजोर बनाउन पाइन्छ ? पाइँदैन । यो नागरिकको संस्था हो । आज हामीले कमाएको पैसा यो मुलुकभित्र परिचालन हुने हो । अर्थतन्त्र विदेशी पुँजि पलायन हुँदैन । हामीले कमाएको पैसा यो मुलुकको समृद्धिमा लगानी गर्ने हो । यो मुलुकको विकास निर्माणमा लगानी गर्ने हो । नागरिकलाई सुविधा दिन लगानी गर्ने हो । त्यसैले यो पुँजि पलायन रोक्नका लागि पनि आन्दोलन हो । यो राष्ट्रियताको आन्दोलन हो । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको थ्रेट छ । यो राष्ट्रिय सुरक्षा र स्वतन्त्रताको प्रश्न जोडिएको विषय हो । डाटा सेक्युरिटीको कुरा हुन्छ । त्यसैले यो अन्तर्राष्ट्रियलाई दिने खेल ठूलो चलखेलमा भएको छ ।’

उहाँले आफूहरु विगत ८ दिनदेखि आन्दोलित हुँदापनि विभागिय मन्त्रीले कुनै चासो नदेखाएको बताउनु भयो । उहाँले आफूहरुको माग सम्बोधनका लागि सरकार र विभागिय मन्त्री जिम्मेवार नबनेको भन्दै निरन्तर आन्दोलनमा जाने बताउनु भयो ।